लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

१५ माघ, झापा । झापाको कमल गाँउपालिका–१ पाँचगाछी बस्ने एक युवक लागुऔषध गाँजा सहित पक्राउ परेका छन् ।

मंगलबार बेलुकी करिव ८ बजे ६४ बर्षीय अकालु साहलाई उनकै घरबाट चार केजी गाँजासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

यसैगरी मोरङ मिक्लाजुङ–५ बस्ने २४ बर्षीय कोरेसमराई लागुऔषधसहित पक्राउ परेका छन् । मंगलबार साँझ साढे ६ बजे लेटाङ–८ जाँतेबाट राईलाई स्पायस ट्याब्लेट–१०४ पिस र रिमाडोल ट्याब्लेट–९४ पिस लागुऔषधसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

पक्राउ परेका दुबै जनामाथि सम्बन्धीत कार्यालयबाट कानुनी कारबाही अगाडी बढाईएको प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.