चीनले २ दिनमै बनायो ‘कोरोना भाइरस’ संक्रमितका लागि अस्पताल

१५ माघ, चीन ।
कोरोना भाइरस प्रभावितको उपचारका लागि चीनले दुई दिनमै अस्पताल बनाएको छ । हुवाङगाङ सहरमा एक हजार शय्याको अस्पताल बुधबार बिहान साढे १० बज पूर्ण रुपमा सञ्चालनमा आएको छ। । कोरोना भाइरस संक्रमितहरुका लागि निर्माण गरिएको यो अस्पताल विश्वकै पहिलो हो।

अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीलाई सारिएको छ।यस अस्पतालले २ हजार ३ सय कोराना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्ने लक्ष्य लिएको छ । अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो। यो अस्पताल ह्वाङगाङ केन्द्रीय अस्पतालको नयाँ शाखा अस्पताल हो। अस्पताल परिसरमा रहेको खाली भवनमा मेडिकल सेन्टर, शय्या थपेर२ दिनमै तयार गरिएको हो। मे महिनामा खुल्ने भनिएको यो अस्पताल कोरोना भाइरसको संक्रमण फैलिरहँदा रफ्तारमा खोलिएको हो।

शुक्रबारमात्रै स्थानीय निकायले उक्त भवनलाई कोरोना भाइरसको संक्रमितका लागि उपचारका निम्ति प्रयोग गर्न दिने निर्णय गरेको थियो। त्यसपछि शनिबारबाट काम सुरु गरिएको थियो। सोमबारसम्म स्वयंसेवकले सबै शय्याहरुको व्यवस्था गरिसकेका थिए। त्यसैगरी पानी, बिजुली, इन्टरनेटको सुविधा पनि थपियो। ५ सय भन्दा बढी कामदार तथा विभिन्न अत्याधुनिक उपरकरणको प्रयोग गरेर रातारात दुई दिनमा यो काम सम्पन्न गरिएको हो।ती सहरका सम्बन्धित अधिकारी भन्छन्,‘यो प्रोजेक्ट हामीले ४८ घण्टामा सम्पन्न गर्न सक्यौँ। यो सबैको हातेमालोले गर्दा सम्भव भएको हो।’

Advertisement

चीनको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित बुहान सहर ह्वाङगाङबाट ७५ किलामिटर टाढा छ। मंगलबारसम्म ह्वाङगाङमा कोरोना भाइरसबाट ४ जनाको मृत्यु भइसकेको छ भने २१३ जना संक्रमित देखिएका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १ सय ३२ जनाले ज्यान गुमाएका छन् भने झन्डै ६ हजारमा यसको संक्रमण देखिएको छ।

Advertisement

त्यस्ता अस्पताल अरु पनि निर्माण गरिने भएको छ। दुईवटा बुहान र अर्को झेङजोमा।अरु बन्ने अस्पताल पनि यही मोडलका हुनेछन्। वुहान सहरमा निर्माण गरिने अन्य दुईवटा अस्पतालमा पनि विशिष्ट प्रकारको सुविधाहरु हुनेछन्।फायर गड माउन्टेन अस्पताल निर्माण सुरु भएको ४ दिनमा पूरा हुँदैछ। त्यसैगरी वुहानमा निर्माण गरिने थन्डर गड माउन्टेन अस्तपताल जुन ज्याङजिया जिल्लामा निर्माण हुँदैछ। सिन्हवा न्युज एजेन्सीका अनुसार शनिबारदेखि निर्माण सुरु गरिएको यो अस्पताल १५०० शय्याको हुनेछ र २ सय स्वास्थ्यकर्मी परिचालन गरिनेछन् र अर्को अस्पताल झेनजोमा निर्माण हुँदैछ। वुहान सरकारले गत बिहीबार कोरोना भाइरस अस्पताल १ हप्ताभित्रमा निर्माण गरिसक्ने बताएको थियो।

चीनमा सन् २००३ मा ‘सार्स’ का कारण कम्तीमा ८ सय मानिस मरेका थिए। त्यसबेला पनि बेइजिङले एक साताभित्रै उत्तरी गाउँमा ‘सिआताङ्सान अस्पताल’ निर्माण गरेको थियो। स्थापना भएको दुई महिनाभित्र उक्त अस्पतालले देशमा संक्रमित भेटिएकामध्ये १५ प्रतिशतको उपचार गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top