मनाङ मस्र्याङ्दीले संकटालाई हरायो

मनाङ मस्र्याङ्दीले संकटालाई हरायो

१५ माघ, काठमाडौँ ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले संकटा क्लबलाई ३—० ले हराएको छ । बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले संकटामाथि सहज जित निकाल्दै तीन अंक जोडेको छ ।

मनाङका लागि अन्जन विष्टले ४३ औं मिनेट र निशान लिम्बुले खेलको ७१ औं मिनेटमा गोल गरे । पहिलो गोल भने मनाङले उपहार पाएको थियो । ४२ औं मिनेटमा अमित तामाङको आत्मघाति गोलबाट मनाङले सुरुवाती अग्रता लिएको थियो ।

९ औं चरणसम्म अपराजित रहेको मनाङले १९ अंक जोडेको छ । लिगमा अपराजित रहेको मनाङ लिग तालिकामा भने तेस्रो स्थानमा यथावत रहेको छ । मछिन्द्रसँग अंक बराबरी भएपनि गोल अन्तरका आधारमा मनाङ तेस्रोमा कायम रहेको हो । शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको २० अंक छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.