टिप्परको ठक्करबाट ज्यान गुमाएका युवाका आफन्तद्वारा सवारी आवतजावतमा रोक

टिप्परको ठक्करबाट ज्यान गुमाएका युवाका आफन्तद्वारा सवारी आवतजावतमा रोक

१६ माघ, सुर्खेत । टिप्परको ठक्करबाट ज्यान गुमाएका युवाका आफन्तले राहतको माग गर्दै बिहीबार सवारी आवतजावत गर्न दिएका छैनन् ।

उनीहरुको विरोध प्रदर्शनका कारण बिहानैदेखि सुर्खेतमा गाडी चलेका छैनन् भने सुर्खेत हुँदै बाहिरिने गाडी पनि रोकिएका छन् । ठक्कर दिने टिप्पर धनी सम्पर्कमा नआएकाले पीडित परिवारसँग वार्ता हुन नसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

गएको मङ्गलबार वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट कालिकोटका केशरबहादुर सिंहको ज्यान गएपछि आफन्तले प्रदर्शन गरिरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.