इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायम

१६ माघ, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा बुधबार राती भएको खेलमा वेष्ट ह्याम युनाईटेडलाई हराउँदै लिभरपुलले लिगमा १९ अंकको अग्रता लिएको छ ।

Advertisement

बुधबार राति भएको खेलमा शिर्ष स्थानको लिभरपुलले लण्डन क्लब वेस्ट ह्यामलाई २–० गोल अन्तरले पराजित ग‍र्यो । लिभरपुलका लागि मोहमद सलाहा र एलेक्स अक्सलेड चेम्बरलीनले एक एक गोल गरे । जारी लिगमा लिभरपुलको यो लगातार १५ औं जित हो ।

जितसँगै लिभरपुलले २४ खेलबाट ७० अंक जोडेको छ । दोस्रो स्थानको म्यान्चेष्टर सिटीको ५१ अंक छ । लिभरपुल इंग्लीश प्रिमियर लिगको पछिल्लो ४१ खेलमा अपराजित रहँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top