रुपन्देहीमा बोराले च्यापिएर एकै परिवारका ४ जनाको मृत्यु

१६ माघ ७६, बिहीबार
Share this
736shares

१६ माघ, काठमाडौँ ।
बोराले च्यापिएर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियामा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

Advertisement

बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो ।

आफैले संकलन गरेर राखेको बोराले च्यापेको अवस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो। बोराले थिच्दा उनीहरुको निसास्सिएर मृत्यु भएको आशंका गरिएको प्रहरीले जनाएको छ। सटरभित्र तीनतर्फ नै बोराका चाङ थिए। उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top