सरकारका प्रवक्ताले भने – एमसीसी कार्यान्वयनमा आईसक्यो

सरकारका प्रवक्ताले भने – एमसीसी कार्यान्वयनमा आईसक्यो

१६ माघ, काठमाडौँ ।
सरकारका प्रवक्ता गोकुल बास्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताएका छन् । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले एमसीसी परियोजना कार्यान्वयनमा आइसकेको बताएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका बास्कोटाले एमसीसी संसदको आगामी बैठकमा पेश हुने पनि बताए । अमेरिकी कंग्रेसबाट पारित भएसकेको उल्लेख गर्दै बास्कोटाले भने, ‘संसदमा लगिसक्यो । अब संसद जहिले सुरु हुन्छ पेश हुन्छ । यो कार्यान्वयनमा गइसक्यो । मैले यति बताउँछु यो कार्यान्वयनको प्रकृया सुरु भइसक्यो ।’

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि एमसीसी पारित गर्ने विषयमा आफ्नो स्पष्ट धारणा राखिसकेकाले पारित हुने उनले बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकबबाट पारित भएर परियोजना अगाडी बढ्ने विश्वास उनले व्यक्त गरे । उनले भने े, ‘यो अगाडी बढ्छ । प्रधानमन्त्रीले पनि स्पष्ट भन्नुभएको छ । यो पास हुन्छ, संसदले पास गर्छ । केन्द्रीय कमिटीले यो पास गर्छ । त्यती हो कुरा मैले भन्ने ।’

बास्कोटाले चीनले अघि सारेको बिआरआई परियोजना अमेरिकालाई छेक्न र एमसीसी चीनलाई घेर्न नआएको स्पष्टिकरण समेत दिएका छन् । उनले आफुलाई ईण्डो प्यासिफिकका विषयमा भने कुनै जानकारी नभएको उल्लेख गरे । इण्डो प्यासिफिक अमेरिकी पोलिसी भएको र नेपाल असंग्न परराष्ट्र नीतिमा अडिक रहेकाले त्यसले कुनै पनि असर गर्दैन, बास्कोटाले भन्नुभयो । देशको आर्थिक, सामाजिक रुपान्तरणका लागि चीनले अघि सारेको परियोजना बिआरआई पनि नेपाल सहभागि रहेको उल्लेख गर्दै उनले त्यसको ब्याख्याता आफुहरु नभएको बताएका छन् ।
नेपाल कुनै पनि देशको सैन्य गतिविधिमा संलग्न नहुने उल्लेख गर्दै बास्कोटाले भने, ‘‘एमसीसीमा सैन्य प्रस्ताव छ, की छैन भन्ने कुरा अर्को हेर्नुप¥यो । प्रतिवेदनमा पनि छ, छैन भनेर भन्नु पर्दैन् । छ भने पनि देखिन्छ, छैन भने पनि देखिन्छ । यसमा कुनै सैन्य गतिविधिमा संलग्न हुनुपर्ने हो भने हामी त्यो मान्दैनौँ एकमद प्रष्ट छ । जब त्यो कुरा त्यहाँ छँदै छैन भने हामीले ५ वर्षको लागि लिने सहयोगमा हामी आफु पनि केही गर्न नसक्ने अर्काले दिएको सहयोगमा शंका गर्ने हो भने हाम्रो देशमा सुख र समृद्धि कहिले प्राप्त गर्नै ? हामीले कहिले आर्थिक, सामाजिक रुपान्तरण गर्ने हो ? कहीले संसारका अरु देशसँगै हिँड्न सक्ने हो ?’’

एमसीसी सैन्य गतिविधिसँग सम्बन्धित छ भनेर कराउनुभन्दा पनि यति नम्बरमा छ भनेर देखाउन बास्कोटाले चुनौती समेत दिए । उनले भन्नुभयो, ‘सैन्य छ, छ, छ भनेर यो स्याल जस्तो कराउनु पर्दैन् । छ भने यति नम्बर बुँदामा छ भन्यो सकियो त ।’  बास्कोटाले एडिबी, भारतीय तथा चिनियाँ एक्जिम बैंकले समेत ऋण दिँदा आफ्ना शर्तहरु राख्ने गरेको उल्लेख गर्नुहुँदै भने , ‘वैदेशिक सहयोगमा ‘ब्यारिकेट’ खडा गर्नेगरि बहस गर्नु भनेको राष्ट्रवादको जामाभित्र अरुलाई राष्ट्रघाती देखाएर विकास, समृद्धि र परिवर्तनको योजनालाई रोक्ने र भयावह आइसोलेसन टापुको रुपमा विकास गराउने मान्यताभित्र पर्दछ ।’’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.