सरकार असफल भयो, देश इशाईकरण तर्फः कमल थापा

१६ माघ ७६, शुक्रबार

१७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताएको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको ठहर गरेको हो । देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुने अशा गरिएपनि सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको अध्यक्ष थापाद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ ।

पूर्वाधार विकासका क्षेत्रमा केही कामहरु भएपनि लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापारघाटा न्यूनिकरण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकार असफल भएको थापाले बताए । थापाले राजसंस्था पाखा लगाएर सुरु गरिएको १४ वर्षको राजनीतिक अभ्यासले देश झन संकटग्रस्त भएको बताए ।

व्यापारी, कर्मचारी, राजनीतिक नेताहरुले गठबन्धन नै बनाएर देशमा भ्रष्टाचारको संजाल बनेको उनले बताए । तलदेखि माथिसम्म हुने सेटिङको दवाव र प्रभावले आर्थिक स्वार्थ पुरा गर्न कानूनी बाधा भए कानून नै परिवर्तन गर्ने र भ्रष्टाचारको कारवाही छल्न नीतिगत निर्णयको बाहनामा सार्वजनिक खरिद विक्रिाका विषयर्लाइ मन्त्रिपरिषद्बाट निर्णय गरेर लुट प्रवृति हावी भएको उनले बताए । राप्रपाले देशमा इशाईकरण डरलाग्दो रुपमा बढेको बताएको छ ।

अपरिपक्ल, दिशाहिन र गलत आर्थिक नीतिका कारण देशमा स्वदेशी र विदेशी लगानी भित्रिन नसकेको, सञ्चारमाध्यम र सामाजिक संजाललाई नियन्त्रण गरी सर्वसत्तावादको संकेत देखिएको थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । चुनाव जित्न, सत्तामा पुग्न र टिकीरहन विदेशी शक्तिहरुको प्रभाव र हस्तक्षेत्रप बढेको र राजनीतिक दलहरुमा वैचारिक विचलन देखिएको राप्रपाले जनाएको छ । समान विचारधारा मिल्ने दलहरुसँग एकता र सहकार्यको बाटो खुला रहेको जनाउँदै राप्रपाले समाज, राजनीति र व्यवस्था बदल्ने संकल्पसहित निरन्तर अगाढी बढ्ने बताएको छ ।

आगामी महाधिवेशनबाट पार्टीम महत्वपूर्ण परिवर्तन हुने संकेत पनि उक्त पार्टीले गरेको छ । राप्रपाले हिन्दुराष्ट्र पुर्नस्थापना भ्रष्टाचार नियन्त्रण लगायतका माग राखेर देशव्यापी जनसंघर्ष सुरु गर्ने पनि जनाएको छ । शुक्रबार र शनिबार दुई दिन चल्ने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तयारी, सचिवालयको प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी कार्यक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top