कोरोना भाइरसको आशंकामा बीपीबाट टेकु रिफर

१७ माघ ७६, शुक्रबार
Share this
701shares

१७ माघ, सुनसरी ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक पुरुषलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा काठमाडौं रिफर गरेको छ ।

Advertisement

उच्च ज्वरो आएपछि उपचारका लागि आएका धरान–११ बस्ने ३८ वर्षीय मोहनकुमार लिम्बुलाई प्रतिष्ठानले बिहीबार राति इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रिफर गरेको हो ।

लिम्बु दक्षिण कोरियाबाट ६ दिन अघिमात्र नेपाल फर्केका थिए। प्रतिष्ठानको आकस्मिक विभागका चिकित्सक प्रा. डा. ज्ञानेन्द्र मल्लले घाँटी दुख्‍ने र उच्च ज्वरो नरोकिएपछि लिम्बु बिहीबार अपरान्ह ३ बजे प्रतिष्ठानकोआकस्मिक कक्षमा उपचारका लागि पुगेका थिए।

Advertisement

इमर्जेन्सी विभागले तत्कालै मेडिसिन विभागलाई जानकारी गराएको डा. मल्लले बताए। त्यसपछि मेडिसिन विभागका चिकित्सकले कोरोना भाइरसको संक्रमणको आशंका गरेकाले इपिडिमियोलोजी महाशाखा टेकुमा रिफर गरेको मल्लले बताए।

कोरोना भाइरसको परिक्षण गर्ने प्रविधि नभएकाले टेकु रिफर गरिएको प्रतिष्ठानले जनाएको छ। चिकित्सकहरुले लिम्बुको ज्वरो मापन गर्दा १०२ देखि १०३ सम्म रहेको थियो। प्रतिष्ठानमा कोरोना भाइरसका शंकास्पद विरामी आएको बारेमा स्वास्थ्य मन्त्रालयमा पनि जानकारी दिइसकेको डा. मल्लले बताए।

Advertisement

प्रतिष्ठानले कोरोना भाइरस फैलन नदिन र सतर्कता अपनाउनकालागि कोरोना भाइरस र्‍यापिड रेक्पोन्स टिम गठन गरेको छ। अस्पताल निर्देशक प्राडा गौरिशंकर साहको संयोजकत्वमा १२ सदस्यीय टिम गठन गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top