आजका प्रमुख खबरहरुः
१.(पृथ्वीका भार !)
अर्घाखाँचीमा नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको सजाय / रौतहटमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५४ वर्षीय छिमेकी रामकिशोर मिश्र पक्राउ ।
२.(मानव तस्करी)
वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीको काँकडभिट्टाबाट उद्धार /मानव बेचबिखनको अभियोगमा दोलखाका सुदीपबाबु पोखरेल पक्राउ / उद्धार गरिएका युवतीहरु संरक्षणगृहमा ।
३.(साइबर अपराध)
सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली ह्याक /बुटवल, पोखरालगायत ठाउँको अनलाइन फारम प्रणाली ह्याक भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको भनाई
४.(प्रवक्ताका अभिब्यक्ति)
पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भनाई / एमसीसीमा कुनै पनि विवादास्पद विषय नभएकाले सरकारले यसलाई संसद्बाट पारित गराएरै छाड्ने उल्लेख ।
५.(नक्कलीको बिगबिगी)
डिएसपी अरुणकुमार शाहविरुद्ध अख्तियारद्वारा विषेश अदालत काठमाडौंमा मुद्दा दायर /शाहले परीक्षा नै नदिई भारतबाट बिए पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा लिएको आरोप ।
६.( एसएसपी निलम्बित)
संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा निलम्बित / झापाकी एक महिलालाई लामो समयदेखि यौन शोषण गरेको एसएसपीमाथि आरोप ।
७.(राप्रपाको दृष्टि)
नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको निष्कर्ष/हिन्दुराष्ट्र पुर्नस्थापना,भ्रष्टाचार नियन्त्रण लगायतका माग राखेर राप्रपाले देशव्यापी जनसंघर्ष सुरु गर्ने ।
८.(छारो हाल्ने काम)
कामै नगरेका र पूर्णता पनि नपाएका आयोगहरुद्वारा आफ्नो बार्षिक प्रतिवेदन पेस /राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले अझै पूर्णता पाएन ।
९.(सांसदको बुझाई)
छाउगोठ भत्काईएकोमा प्रतिनिधिसभाका सांसद गजेन्द्रनारायण महतको गम्भीर आपत्ति /छाउगोठको नाममा सरकारले आफुहरुको घर भत्काएको आरोप ।
१०.(छुटे विप्लवका इन्चार्ज)
विप्लव नेतृत्वको नेकपाका पूर्वकेन्द्रीय सदस्य तथा उपत्यकाका ब्युरो इञ्चार्ज माइला लामालगायत चार जनालाई थुनामुक्त गर्न उच्च अदालत पाटनको आदेश /प्रयाप्त प्रमाण नदेखिएको भन्दै साधारण तारेखमा छाड्न आदेश ।
११.(कोरोनाको सर्तकता)
कोरोना भाइरसबारे जाँच, स्वास्थ्यकर्मीलाई तालिम र चेतना अभिवृद्धि कार्यक्रमका लागि डाक्टरसहितको टोली केरुङ र तातोपानी नाकामा /कोरोना भाइरसको शंका लागे परीक्षणका लागि अस्पताल जान आग्रह ।
१२.(बुष्ट गरे कारवाही)
नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा कडाइ गर्ने /सामाजिक सञ्जालमा बुस्ट’ गरेर विज्ञापन गरे मुद्रा अपचलनको मुद्दा लाग्ने ।
१३.(बैंकको मनोमानी)
सहुलियत ब्याजदरको कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाको बेवास्ता/ राष्ट्र बैंकले निर्देशन दिएपनि ऋणको परिमाण भन्दा पनि संख्या बढाउने उद्देश्य राखिएकाले कर्जाको आकारमा खासै वृद्धि हुन सकेन ।
१४.(कोरोनाको असर)
चीनमा निरन्तर फैलिरहेको कोरोना भाइरसका कारण चीनको घरेलु फुटबल लिग स्थगित /कोरोनासँगको लडाइँका लागि चीनको घरेलु फुटबल टीमद्वारा सहयोगको अपिल /लिग फेबु्रअरी २२ देखि सुरु हुने ।
र,
१५.(स्वास्थ्य संकटकाल)
चीनपछि १८ देशमा कोरोना भाइसरको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा भाइरसको संक्रमणका कारण ‘विश्वव्यापी संकटकाल’ घोषणा /कोरोना भाइरसबाट चीनमा २ सय १३ जनाको मृत्यु भएको पुष्टि /९ हजार संक्रमित ।