चार वर्षीया बालिकालाई करणी गरेको आरोपमा छिमेकी पक्राउ

१७ माघ, रौतहट । रौतहटमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

बिहीबार राति १० बजे गौर नगरपालिका-१ की चार वर्षीया बालिकालाई चकलेट दिएर ललाइ फकाइ बारीमा लगेर बलात्कार गरेको आरोपमा ५४ वर्षीय छिमेकी रामकिशोर मिश्रलाई जिल्ला प्रहरी कार्यालय गौरको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।

बालिकाको गुप्ताङ्गबाट रक्तश्राव भइरहेको देखेर ठूली आमाले सोधपुछ गर्दा मिश्रको हर्कत थाहा भएको थियो ।

Advertisement

धनुषा जिल्ला घर भएर हाल गौर नगरपालिका-१ मा साइकल मर्मतको पसल चलाउँदै आएका मिश्रलाई पक्राउ गरिएको जानकारी दिँदै रौतहट प्रहरीका प्रवक्ता एवं डीएसपी नविन कार्कीले पीडित बालिकाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गराइएको बताए ।

भारतको विहार सितामढी जिल्ला वैरगनिया सेखौना बस्ने पीडितकी आमा जिल्ला अस्पताल गौरमा परिवार नियोजनको शल्यक्रिया गराउने क्रममा बालिकालाई गौरमा रहेको ठूली आमाको घरमा राखेको बेला घटना भएको डीएसपी कार्कीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top