सामाजिक सन्जालमा बुस्ट गरे जेल सजाय !

सामाजिक सन्जालमा बुस्ट गरे जेल सजाय !

१७ माघ, काठमाडौं । लाईक भिओर्स र कमेन्टका लागि सामाजिक सन्जालमा पैसा खर्च गर्नेहरु अब कानूनी कारवाहीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा कडाइ गरेसँगै सामाजिक संजालमा खर्च गर्नेहरु कारवाहीको भागिदार बन्ने संभावना बढेको हो ।

फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको भन्दै राष्ट्र बैंकले सामाजिक सञ्जालमा विज्ञापन नगर्न सचेत गराएको हो । अब सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गरे मुद्रा अपचलनको मुद्दा लाग्ने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा विज्ञापन भइरहेको र ठूलो रकम अवैधानिक च्यानलबाट विदेश भएको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए । सरकारले यसका लागि नियमन गर्न भन्दै विधयेक संसदमा दर्ता समेत गराइसकेको छ । एउटा सामाजिक सञ्जालको प्रयोग नियमनका लागि सरकारले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गरेको विधयेक, २०७५ संसदमा दर्ता गराएको छ । यो विधयेक संसदीय समितिबाट पारित भइसकेको छ ।

अर्काे सामाजिक सञ्जालमा हुने विज्ञापनलाई समेत करको दायरामा ल्याउने व्यवस्था समेटिएको विज्ञापन नियमन ऐन पनि लागू भइसकेकको छ । यो ऐनमा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई समेत नियमन गर्ने व्यवस्था गरिएको छ ।

सामाजिक सञ्जालबाट हुने अर्बाैं कारोबारबारे राज्यलाई कुनै जानकारी छैन । के–कति डलर नेपालबाट सामाजिक सञ्जालबाट बाहिरिन्छ भन्ने तथ्यांक समेत सरकारसँग छैन । अब त्यो बाहिरिने रकम राज्यले कसरी रोक्छ ? त्यो प्रतिक्षाको विषय हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.