×

NEPAL TIMES UPDATES

Playing
१८ मन्त्रालय कुन कुन हुन् ? कुन खारेज भए? कुन गाभिए ? || Nepal Times
May 14, 2026
Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026

नेपाली सेनामा एकै परिवारका छ जना दाजुभाइ भर्ती

१८ माघ २०७६

१८ माघ, काठमाडौं ।

गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनामा एकै परिवारका छ जना दाजुभाइ भर्ती भएको पाइएको छ ।

Advertisement
Advertisement

एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित गर्ने बाबुआमालाई सम्मान गर्ने परिपाटी शुरु गरेसँगै यो तथ्याङ्क जानकारीमा आएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङको घोराहीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा पाँच सैनिकका बाबु रोल्पा थवाङ–३ का ७० वर्षीय कर्णसिंह पुनलाई सम्मान गरी उक्त कार्यको शुरुआत गरे ।

भक्तबहादुर, प्रदीप, राजकुमार, नरजित र लालमुनी पुनका पिता कर्णसिंहलाई सम्मेलनमा रु १० हजार नगद र कदरपत्र प्रदान गरियो । सैनिक कल्याणकारी निर्देशनालयका अनुसार सेनाले यस वर्ष एकै घरका चारभन्दा बढी सन्तान सेनामा हुने १५ जना अभिभावकलाई भूतपूर्व सैनिक सम्मेलनमा सम्मान गर्ने कार्यक्रम राखेको छ ।

प्रत्येक प्रधानसेनापतिको कार्यकालमा हुने भूतपूर्व सैनिक सम्मेलनमा चारभन्दा बढी सन्तान सैनिक सेवामा कार्यरतका अभिभावकलाई सम्मानस्वरुप रु १० हजार र कदरपत्र प्रदान गरिनेछ ।

सेनामा चार–चार जना छोरा भर्ति भएका तेजबहादुर रावल, अनुरुपा बुढा र खड्गबहादुर वली सुर्खेतमा आयोजित भूपू सैनिक सम्मेलनमा सेनाबाट सम्मानित भए ।

अटल विश्वास

उनीहरुलाई प्रदान गरिएको कदरपत्रमा लेखिएको छ, नेपाली सेनामार्फत राष्ट्र र नागरिक सुरक्षा, राष्ट्र निर्माण, प्रकृति संरक्षण, विपद् व्यवस्थापन, विश्व शान्तिजस्ता विशिष्ट सेवामा समर्पित हुन आफ्ना सन्तानलाई प्रेरणा प्रदान गरी सेनाप्रतिको अटल विश्वास, आस्था र सद्भावका लागि पु¥याएको योगदान उच्च मूल्याङकन गरिएको छ ।

पाँच सैनिककी आमा वीरेन्द्र नगरपालिकाका कलादेवी सिँजापतिलाई पनि प्रधानसेनापतिले सोही समारोहमा नगद पुरस्कार र कदरपत्र प्रदान गरे । मुलुकमा भूतपूर्व सैनिक र एकल महिलाको सङ्ख्या करीब ७० हजार छ । सम्मेलनका क्रममा तत्क्षेत्रमा तैनाथ सैनिक गणद्वारा प्रस्तुत हुने झाँकीसहितको गीत सङ्गीत र नृत्य मौलिक कला र संस्कृतिको प्रवद्र्धनमा योगदान पुग्दै आएको छ ।

तेघरी व्यारेक धनगढीमा आयोजना हुने सम्मेलनमा चार–चार जना सन्तान सैनिक सेवा रहने अभिभावक हरिसिंह रावत (बैतडी), दत्तराम ओड (डडेल्धुरा) हरिनादेवी भण्डारी बैतडी) धर्मादेवी ऐर (डडेल्धुरा) ममतादेवी चैसिर (दार्चुला) र रवीलाल पौडेल (बर्दिया)लाई सेनाले सम्मान गर्दैछ ।

छ सैनिकका मातापिता को हुन त रु ? 

डोटी, भूमिराजमाडौँ–९ का प्रेमराज र बासुली जैसीका पाँच छोरा र एक छोरी नेपाली सेनामा कार्यरत छन् । जैसीदम्पतीका छोरा टीकाराम, धर्मराज, छविलाल, भोजराज र हरिश तथा छोरी सरिताकुमारीले सेनाको सङ्गठनमा रही देशको सेवा गरेका हुन् ।

इमामनगर व्यारेक नेपालगञ्जमा हुने कार्यक्रममा चार सैनिकका पिता बर्दिया बाँसगढी नपा–८ रविलाल पौडेल पनि नेपाली सेनाबाट सम्मानित हुने छन् ।

सम्मेलनका क्रममा भूपू सैनिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका उत्कृष्ट व्यवसायीलाई पुरस्कार, नयाँ उद्यमीलाई सहुलियत ब्याजदरमा कर्जा, ज्येष्ठ भूपू र एकल महिलालाई सम्मान तथा अशक्तलाई ह्वीलचियर प्रदान गर्दै आएको छ ।

नवलपरासीकी ७३ वर्षीया चुमादेवी जिसीका छोरा तिलक, चित्र, रामचन्द्र, रामबहादुर, राजेन्द्र र प्रवीणले सैनिक सेवाबाटै राष्ट्र र जनताको सेवा पु¥याए ।

उनीहरुकी आमा चुमादेवीलाई सेनाले फागुन १४ गते बुटवलमा आयोजना हुने सम्मेलनमा सम्मान प्रदान गर्ने कार्यक्रम छ । पाल्पा तिनाउ–६ का ८५ वर्षीय कुलबहादुर सारुका चार जना छोरा पनि सैनिक सेवामै छन् ।

‘चट्टानझैँ दृढ, माहुरीझैँ गोलबद्ध’

सम्मेलनका क्रममा प्रधानसेनापति थापाले गौरवशाली इतिहास र परम्परा बोकेको नेपाली सेनामा प्रवेशका लागि सन्तानलाई अभिप्रेरित गर्न भूतपूर्व सैनिकलाई आह्वान गरे । सम्मेलनमा सैनिकले नेतृत्वसँग आफूलाई परेको पीरमर्का सुनाउने र नेतृत्वले त्यसलाई सम्बोधन गर्ने प्रयास हुँदै आएको छ ।

भूतपूर्व सैनिक सम्मेलन यस वर्ष अब धनगढी, बुटवल, नेपालगञ्ज, तनहुँ (खैरेनीटार) र पोखरामा हुँदैछ । दाङ र सुर्खेतमा भने यही माघ १२ र १३ गते सम्पन्न भइसकेको छ । नेपाली सेना भूतपूर्व सैनिक सम्मेलनका क्रममा प्राप्त सुझावका आधारमा बहालवाला तथा भूपूका लागि शिक्षा, स्वास्थ्य, स्वोरोजगार र सीपमुलुक कार्यक्रम विस्तार गर्दै आएको छ ।

Advertisement
Advertisement

भूपू सैनिकलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले भने, “हामी सबैलाई सदा चट्टानझैँ दृढ, माहुरीझैँ गोलबद्ध र एकीकृत रहन प्रेरणा मिलोस् ।” (रासस)

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top