अकुपाईं टुंडिखेल अभियानको तीन महिनामा के-के भयो ?

अकुपाईं टुंडिखेल अभियानको तीन महिनामा के-के भयो ?

१८ माघ, काठमाडौँ ।
शनिबार अकुपाईं टुंडिखेल अभियान अन्तर्गत विगत तीन महिनामा भएका प्रगतिहरुको बारेमा जानकारी दिइएको छ । विगत तीन महिनामा भएका उपलब्धि, र अब अभियानले गर्ने कार्यक्रमहरुको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।

अभियानका प्रवक्ता संजय अधिकारीले अभियान सुरु गरेको तीन महिना बितेपनि सोचेजस्तो प्रगति हुन नसकेको बताए । आगामी हप्ता काठमाडौ महानगरपालिकाको कार्यालमा गएर अनुगमन प्रतिवेदन कार्यान्वयका लागि दबाव दिने, वन तथा वातावरण मन्त्रालयम गएर टुंडिखेललाई संरक्षीत क्षेत्र घोषणा गराउने लगायतका कार्यक्रम गरिने उनले बताए ।

मानवअधिकारकर्मी कपिल श्रेष्ठले विपि कोइरालादेखि पुष्पकमल दाहालसम्मको सभा हुँदा रत्नपार्कदेखि वीर अस्पतालसम्म जनताहरु हुने भएपनि अहिले सबै ठाउँ अतिक्रमणमा पर्दै गएको बताए । वीर अस्पतालका पूर्व निर्देशक भूपेन्द्र बस्नेतले २०७२ सालमा भूकम्पको समयमा धेरैको आश्रयस्थत टुंडिखेल भएपनि अहिले त्यस्तो अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरे ।

अभियानले उपलब्धिका रुपमा खुला ठाउँको पक्षमा जनमत निर्माण भएको, स्थानीय सरकारलाई उत्तरदायी बनाउने प्रयास भएको र वीर अस्पतालको भवन निर्माणको क्रममा राखिएका सामाग्री तथा कामदारको वासस्थान सो सरोकारवालासँगको सहकार्यमा हटाउन सुरु गरिएकोलाई लिएको छ । अभियानले प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा समेत गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.