×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

देशभर निर्माणाधीन २ हजार ९१ वटा पुलहरु मध्ये ९६ वटा अलपत्र

२० माघ २०७६

२० माघ, काठमाडौँ ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले डिजाइनमा समस्या भएका, निर्माण व्यवसायीका कारण अलपत्र परेका र काबु बाहिरको अवस्थामा पुगेका पुलहरुको विवरण र समस्या समाधानको कार्ययोजना १५ दिन भित्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबारको बैठकले सम्पूर्ण पुलहरुको विवरण पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै समितिले कतिपय पुलहरुको डिजाइनमै समस्या रहेको र निर्माण हुने पुलहरु ‘डिजाइन एण्ड विल्ड’ प्रविधिबाट अगाडि बढाउन समेत निर्देशन दिएको छ ।

त्यस्तै रणनीतिक सडक अन्तर्गत रहेका पुराना पुलहरुको विस्थापित गर्दै स्रोत जुटाइर्ए नयाँ निर्माण गर्न समेत निर्देशन दिएको छ । समितिका सभापति सभापति कल्याणी कुमारी खड्काले निर्माण प्रकृयामा रहेका र निर्माणाधिन अवस्थामा रहेका अलपत्र परेको पुलहरुको यकिन गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको समन्वयमा निर्माणको प्रकृयालाई अगाडी बढाउन निर्देशन दिएको बताइन् ।

बैठकमा सांसदहरुले आवश्यकताका आधारमा भन्दा पहुँचको आधारमा पूलहरु योजनामा परेकाले समस्या उत्पन्न हुने गरेको बताएका छन् । त्यस्तै निर्माण व्यवसायीहरुको कारण पनि पुल निर्माणमा ढिलाई भएको भन्दै सांसदहरुले समयमा निर्माण नगर्ने कम्पनीहरुलाई म्याद थप्ने भन्दा पनि कारबाही गरेर जानुपर्ने बताएका छन् ।

सांसद रामबहादुर विष्टले टेण्डर गर्ने प्रकृया नै गलत हुँदा पुल निर्माण समयमा हुन नसकेको बताए । सांसद राजेन्द्रप्रसाद लिङ्देनले मन्त्रालयले समस्या ग्रस्त सुचिमा परेका पुलहरु निर्माण गर्ने केही निर्माण व्यवसायीलाई कारबाही गर्ने तर केहीलाई नगर्ने प्रवृतिले पनि समस्या आएको बताए । उनले पप्पु कन्स्ट्रक्सनलाई कारबाही हुँदा अन्य निर्माण नगर्ने कम्पनीहरुलाई किन कारबाही नगरेको भन्दै प्रश्न गरे ।

सांसद टोपबहादुर रायमाझीले पुलको डिजाइन गर्ने कन्सल्ट्यान्टहरुले फिल्डमा बसेर पुलको डिजाइन नगर्दा समस्या आएको बताए । सांसद आशाकुमारी वि.क.ले पहुँचवाला, शिर्ष नेता तथा मन्त्रीको क्षेत्र भएको ठाउँमा मात्र पुल निर्माणको योजना पर्ने गरेको भन्दै कर्णाली प्रदेशमा गत वर्ष एकवटा पनि पुल निर्माण हुन नसकेको बताइन् । बैठकमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पुल निर्माण र डिजाइनको अत्याधिक ठुलो चाप रहेको र बजेटको समेत अभावहुँदा समयमै डिजाइन गर्न नसक्ने अवस्था आएको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुलको डिजाइनमा के कस्ता समस्या आएका हुन भनने यकिन भइसकेको र सबै समस्या जटिल रहेको बताए । उनले पानी मुनि गर्नुपर्ने डिजाइन कहिले काहि नमिल्ने भन्दै त्यसमा सुधार गर्ने प्रकृया सुरु भएको बताए । उनले २ हजार १ सय पुल निर्माण हुँदा ३७ पुलको डिजाइनमा समस्या आउनु भनेको सामान्य भएको बताए । सडक विभागको तथ्याङ्क अनुसार अहिले देशभर २०९१ वटा पुलहरु कार्यक्रममा रहेको छ । त्यसमध्ये डिजाइन प्रकृयामा ४ सय २९ वटा पुल रहेका छन् । ६७ वटा पुलको डिजाइन सम्पन्न भएको छ भने १ सय ३ वटा पुलहरु डिजाइन सम्पन्न हुने क्रममा रहेका छन् । त्यस्तै सामान्य रुपमा निर्माणधिन साना ठुला पुलहरु ८ सय ९५ वटा रहेका छन् । यस मध्ये सरकारी पक्षबाट पुरा गर्नुपर्नेगरी समस्यामा परेका पुलहरु ३७ वटा रहेका छन जसको डिजाइनमा समस्या देखिएको छ ।

त्यस्तै निर्माण व्यववसायीका कारण समस्यामा रहेका पुलहरु ९६ वटा छन भने कावु बाहिरका समस्या रहेका पुलहरु ५१ वटा रहेका छन् । त्यस्तै गत आर्थिक वर्ष यता निर्माण सम्पन्न भएका पुलहरु ४ सय २५ वटा छन जसमध्ये १ सय ४३ वटा स्थानीय तहमा छन भने ६४ वटा रणनीतिक सडकमा रहेका छन् । त्यस्तै ८५ वटा हुलाकी राजमार्ग, ६० वटा मदन भण्डारी राजमार्ग, र ७३ वटा मध्यपहाडी राजमार्गमा निर्माण भएका छन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top