गृहसचिव राईको भव्य विदाई, अख्तियारमा पठाउने सरकारको तयारी

गृहसचिव राईको भव्य विदाई, अख्तियारमा पठाउने सरकारको तयारी

२० माघ, काठमाडौँ ।
गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको सोमबार एक औपचारिक कार्यक्रमकाबीच विदाई गरिएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उनले विदाई गर्नुभएको हो । २२ महिना गृह सचिवको जिम्मेवारी सम्हालेका राईले आइतबारबाट लागुहुनेगरी यसअघि नै राजीनामा दिएका थिए । विदाई कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले गृहसचिवबाट विदाई गरिएपनि राईलाई नयाँ जिम्मेवारीमा पठाउने तयारी भएको बताएका छन् । ‘उहाँ गृहसचिवबाट मात्रै विदाई हुनुभएको हो । उनलाई नयाँ अभियान, नयाँ सेवा र नयाँ जिम्मेवारीमा पठाउँदैछौँ’, मन्त्री थापाले भने ।

थापाले विशेष जिम्मेवारी दिइने घोषणा गरेसँगै राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी सरकारले गरको बुझिाएको छ । थापाले राईको इमान्दारीता, योग्यता र राष्ट्रप्रेमका कारण मन्त्रालयले धेरै सफलता पाएको बताए । विदाई कार्यक्रममा सचिव राईले गृहमन्त्री र मन्त्रालयका अन्य कर्मचारीहरुको सहयोगबाट २२ महिनामा धेरै सुधारका काम गरिएको बताए । प्रशासन सुधार, सुशासन कायम गर्न, प्रहरी प्रशासनमा लामो समयदेखिको बढुवा प्रकृया लगायतका सुधारका काम आफ्नो कार्यकालमा भएको उनले बताए। राईले गृहमन्त्रीको आँट र सहयोगकै कारण सुनकाण्ड, सिण्डिकेट अन्त्य लगायतका कामहरु भएको बताए ।

राईले अवकाश हुनु ३ दिन अगाडी नै राजीनामा दिएका थिए । राईसँगै अर्थमन्त्रालयका सचिव राजन खनाल, सचिवहरु गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि २२ माघबाट अनिवार्य अवकाश पाउँदैछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.