चीनबाट आयात रोकिएसंगै लसुनको भाउ महँगीयो

२१ माघ, काठमाडौं । चीनबाट आयात रोकिएसँगै लसुनको भाउ झण्डै तीन गुणाले महँगीएको छ ।

एक महिनाअघि दुई सय ४५ रुपैयाँ प्रतिकेजी खुद्रा मूल्य रहेको लसुनको भाउ बढेर ६ सय पाँच रुपैयाँ प्रतिकेजी पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

आयात बन्द भएसँगै व्यापारीले यसअघि नै ल्याएको लसुनको भाउ बढाएका हुन् । कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनबाट आयात रोकिँदा लसुनको भाउ बढेको कालिमाटी थोक व्यवसायी संघका अध्यक्ष भरत खतिवडाले बताए ।

अहिले आयात ठप्प रहेको र गोदाममा भण्डारण गरिएको लसुन पनि सकिन लागेकोले अब केही दिनमा बजारमा सुकेको लसुन नपाइने उनको भनाइ छ । नेपालमा बर्षेनी करोडौँ रुपैयाँको सुकेको लसुन चीनबाट आयात हुने गरेको छ ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top