२१ माघ, झापा ।
झापाको बिर्तामोडमा एक ब्यक्तिलाई आगोले जलाएर हत्या गरिएको छ ।जलाएर हत्या गरिएको मानिसको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका २ स्थित चारपानेमा उक्त घटना भएको हो । स्थानीय यमकुमार राजवंशीको खेतमा राखिएको परालको कुन्युमा आगो लगाएर हत्या गराएको हुन सक्ने प्रहरीको आशंका छ ।
स्थानीयले खेतमा जलेको अवस्थामा शव देखेपछि मंगलबार विहान प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको तथा जलेको अवस्थामा फेला परेको शव महिला वा पुरुष कसको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।