जब प्रचण्ड थकान मेट्न भन्दै काहुँडाँडा पुगे….

२१ माघ ७६, बुधबार

२२ माघ, कास्की । 

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को दैनिकी प्रायः व्यस्त हुने गर्दछ । सत्तारुढ पार्टीको कार्यकारी अध्यक्ष उनी बिहानैदेखि राति अबेरसम्म विभिन्न कार्यक्रममा व्यस्त रहन्छन् । आफ्नो व्यस्त समय तालिकाबाट उन्मुक्ति खोज्दै अध्यक्ष प्रचण्ड कहिलेकाही शान्त तथा रमणीय स्थानमा पुगेर थकान र व्यस्ततालाई भुल्दै आउने गरेका छन् ।

पार्टीको पाँच दिन लामो केन्द्रीय समितिको बैठकपछि मंगलबार दिउँसो १ः३० बजे पोखरा विमानस्थलमा उत्रे लगत्तै उनी परिवारका सदस्य तथा पार्टीका केही नेतासहित पोखरा महानगरपालिका–११ मा अवस्थित रमणीय काहुँडाँडा पुगे । विगतमा अध्यक्ष प्रचण्ड पोखरा ओर्लिए लगत्तै विभिन्न कार्यक्रम व्यस्त हुने गर्थे । कार्यक्रम भेट्टाउनै मुस्किल पर्दथ्यो । आज भने उनले आराम गर्ने समय निकाल्दै पार्टीका नेताहरुलाई आनन्दित र रमणीय कुनै नयाँ ठाउँमा जाने इच्छा प्रकट गरेका थिए ।

Advertisement

काहुँडाँडाबाट पोखरा बजार, हिमश्रृङ्खला तथा वरिपरिका डाँडाहरु निकै रमणीय र सुन्दर देखिन्छ । यहाँको धरहरा चढेर निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, फेवाताल, सराङ्कोट, हेमजा, लगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । उनले भने, ‘आहा, कस्तो सन्दर पोखरा । बजार कति रमणीय देखिने रहेछ यहाँबाट, यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा असाध्यै राम्रो सम्भावना भएको ठाउँ हो ।’

अध्यक्ष प्रचण्डले सो अवसरमा काहुँवासीका मागसमेत सुनेका थिए । स्थानीय जनप्रतिनिधि मीन गुरुङलगायलते निर्माणाधीन धर्मकाया बुद्ध मण्डला, खानेपानी समस्या तथा नयाँ निर्माण गर्ने योजना रहेको धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्दै आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । स्थानीयले राखेका समस्या समाधानमा आफ्नो तर्फबाट सहयोग गर्ने वचन उनले दिए ।

Advertisement

अध्यक्ष प्रचण्डलाई काहुँडाँडामा भेट्न पाउदा र आफ्ना मागहरु राख्न पाउँदा आफूहरु खुशी भएको वडा सदस्य गुरुङले उल्लेख गरे । गुरुङले काहुँको पर्यटकीय पूर्वाधार विकास हुनेमा आफूहरु आशावादी रहेको बताए । पक्की सडक सुविधा पुगेसँगै पछिल्लो समय काहुँडाँडा अन्नपूर्ण र माछापुच्छ«े हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ ।

एक हजार ४४० मिटर उचाइमा अवस्थित यहाँबाट कास्की, स्याङ्जा, तनहुँका केही भूभाग तथा अन्नपूर्ण तथा माछापुच्छ«े हिमश्रृङखला नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ । तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल र सामाजिक अभियन्ता स्व मेजर वीरसिंह गुरुङको सक्रियतामा विसं २०२६ मा निर्माण गरिएको धरहरा विसं २०७२ को महाभूकम्पले क्षति पु¥याएकोमा अहिले जीर्णाद्धार गरिएको छ । नौ तलासम्मको नयाँ धरहरा निर्माणको योजना अघि सारिएको छ ।

छ रोपनी जमिनमा निर्माणाधीन धर्मकाया बुद्ध मण्डलामा ८० मिटर अग्लो बुद्धको मूर्ती, ध्यान केन्द्र, छात्रवास, सङ्ग्रहालाय र बगैँचा निर्माण गर्ने योजना छ ।

– कृष्ण दवाडी/रासस

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top