चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी पूरा

२२ माघ, काठमाडौं । चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी पूरा भएको नेपाली दूतावासले जनाएको छ ।

चीनमा गर्नुपर्ने सबै काम पूरा भएको र अब नेपालमा राख्ने ठाउँको टुङ्गो लगाएर जानकारी गराएपछि नेपालीलाई फर्काउने काम थालिने दूतावासले जनाएको हो । चीनको हुबेई प्रान्तसहित विभिन्न ठाउँबाट १ सय ८० नेपालीले स्वदेश फर्कन आवेदन दिएका छन् ।

चीनबाट फर्कने नेपालीलाई खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्र वा पाँचखालको शान्ति कार्य तालिम केन्द्रमा राख्ने तयारी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सुरक्षा निकायका प्रमुखहरु सहभागी बैठकमा सम्भावित ठाउँबारे छलफल भएको छ । बुधबार थप निरीक्षण गरेर ठाउँबारेमा निर्णय लिने तयारी छ ।

Advertisement

चीनबाट नेपाली नागरिक फिर्ता ल्याएर दुई हप्तासम्म विशेष निगरानीमा राखेर कोरोना भए वा नभएको पुष्टि भएपछि मात्र घर पठाउने सरकारको तयारी छ । चीनबाट ल्याउने बेलामै स्वास्थ्य परीक्षण हुने र कोरोना नभएको पुष्टि भएपछि मात्रै चीनले पठाउने तयारी गरिरहेको पनि सरकारले प्रष्ट पारेको छ । अहिलेसम्म चीनमा रहेका कुनै पनि नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छैन ।

यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई आफ्ना नागरिक फिर्ता ल्याउनुअघि भाइरस नियन्त्रणको प्रयास गर्न र विश्व स्वास्थ्य सङ्गठनको सुझाव लिन आग्रह गरेकी छन् । उनले प्रकोप फैलन नदिन सबै देशको उत्तिकै जिम्मेवारी भएको पनि बताएकी छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top