×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

घरेलु मैदानमा नेपाल ओमनसँग पराजित

२२ माघ २०७६

२२ माघ, काठमाडौँ ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । घरेलु मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट भयो ।

Advertisement
Advertisement

नेपालका लागि शरद भेषवाकरले सर्वा्धिक ५५ रनको योगदान दिए । ४४ औं ओभरको पहिलो बलमा अकीब इलियासले बोल्ड आउट गर्नुअघि शरदले १ सय ८ बलमा ५ चौका प्रहार गरे । शरदले ९६ बलमा अर्ध शतक पुरा गरेका थिए । योसँगै शरद घरेलु मैदानमा ओडीआईमा अर्ध शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । शरदको यो पहिलो ओडीआई करिअरको पहिलो अर्ध शतक पनि हो । खेललाई सन्दीप लामिछानेले रोमान्चक बनाए ।

सन्दीप र शरदले आठौं विकेटका ३८ लागि रनको साझेदारी गर्दै जितको आशा बढाएका थिए । तर शरद आउट भएसँगै नेपालको जित टाढिएको थियो । सन्दीपले २७ बलमा ३ चौका र १ छक्का सहित २८ रनमा क्याच आउट भए । ४५ औं ओभरको पहिलो बलमा मकसुदले सन्दीपलाई फस्ट सिलिपमा रहेका खावर अलीबाट उत्कृष्ट क्याच गराएसँगै नेपालको जितको आशा सकिएको थियो ।

सुरुवाती चार रनमा दुबै प्रमुख ब्याट्सम्यान तथा ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उप कप्तान दीपेन्द्र सिंह ऐरी र शरदले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । नेपालको ओडीआईमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । दीपेन्द्रलाई २० औं ओभरको तेस्रो बलमा मोहम्मद नदीमले ३६ रनमा एलबिडब्लू आउट गरेपछि पुन दबाबमा परेको थियो ।

दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । कलीमुल्लाहको चौथो ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा कप्तान ज्ञानेन्द्र १ रनमा मोहम्मद नदीमबाट क्याच हुँदै पेभिलिएन फर्के । त्यस्तै बिलाल खानको पाँचौ ओभरको तेस्रो बलमा पारस सट खेल्नेक्रममा एज लाग्दै विकेटकिपर सुरज कुमारबाट ३ रनमा क्याच आउट भए ।

२४ औं ओभरको पहिलो बलमा आरिफ शेख ६ रनमा जिशान मकसुदको कट एण्ड बोल्ड आउटको शिकार बने । लगत्तै दोस्रो बलमा रोहित कुमार पौडेल दोस्रो सिलिपमा रहेका खावर अलीबाट शून्यमा क्याच आउट भएपछि नेपालमा संकटमा परेको थियो । छैटौं विकेटका लागि विनोद भण्डारी र शरदले ४३ रनको साझेदारी गर्दै केहि आशा दिलाएका थिए । तर ३४ औं ओभरको पहिलो बलमा विनोदलाई अलीले सन्दीप गौडबाट २६ रनमा क्याच गराए ।

विनोद भण्डारीले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । करणले खाता खोल्न सकेनन् । अभिनाश बोहरा र सुशन भारीले ८÷८ रन जोडे । ओमानका जिशान मकसुदले १० ओभरमा ३ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिए । कलीमुल्लाह र बिलाल खानले २÷२ विकेट लिए । मोहम्मद नदीम, खावर अली र अकीब इलियासको नाममा १÷१ विकेट रह्यो ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । मोहम्मद नदीमले ६९ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेका थिए । नदीमले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । करणले अन्तिम ओभरमा २ छक्का सहित १७ रन खर्चेका थिए । बिलाल खान ८ रनमा अविजित रहे ।

नेपालले अन्तिम १० ओभरमा ७६ रन खर्चिएको थियो । नसिम खुशीले तल्लोक्रममा १८ बलमा २ चौका र २ छक्का सहित महत्वपूर्ण २८ रन जोडे । करणले शरद भेषवाकरबाट खुशीलाई क्याच गराएका थिए । खुसी र नदमीले आठौं विकेटका लागि आक्रामक ४२ रनको साझेदारी गरेका थिए ।

करणले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । करणलेनै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराए । १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा रन आउट गराएका थिए । अकीबले ३४ बलमा २ चौका प्रहार गरे ।

१९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलबीडब्यू आउट गरे । सुशनको अपिलमा एम्पारले आउट दिएका थिए । उनले ४० बलमा ४ चौका प्रहार गरे । एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई कप्तान ज्ञानेन्द्र मल्लबाट शून्यमा क्याच गराएपछि ओमान ५७(५ को संकट अवस्थामा पुगेको थियो ।

खराव सुरुवात गरेको ओमानलाई छैटौं विकेटका लागि सन्दीप गौड र मोहम्मद नदीमले ६० रनको साझेदारी गर्दै सुरुवाती दबाब केहि कम गरेका थिए । यी दुईबीचको साझेदारी सुशनलेनै गौडलाई विकेटकिपर विनोद भण्डारीबाट ३३ रनमा स्टम्पिङ आउट गराउँदै तोडेका थिए । गौडले ७२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि ३५ औं ओभरको तेस्रो बलमा ठूला सट खेलेका गौड बाउन्डीमा पारस खड्काले क्याच लिएपनि बाहिर पुग्दा छक्का हुँदै जीवनदान पाएका थिए । दीपेन्द्रको ४२ औं ओभरको चौथो बलमा सट खेल्ने क्रममा बादल सिंह रोहित कुमार पौडेलबाट ५ रनमा क्याच हुन पुगे । करणले कामिदुल्लाहलाई १ रनमा आउट गरे ।

Advertisement

तीब्र गतिका बलर करणले ९ ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ४ विकेट लिए । ओडीआईमा डेब्यू खेलमा स्पिनर सुशन भारीले १० ओभरमा १ मेडन राख्दै १४ मात्रै रन ३ विकेट लिए । दीपेन्द्रको नाममा १ विकेट रह्यो । ओडीआई डेब्यू खल खेलेका अभिनाश बोहराले ९ ओभरमा २ मेडन सहित ३८ रन खर्चिए पनि विकेट लिन सकेनन् । नेपालले अर्को खेल शनिवार अमेरिकासँग खेल्ने छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top