फेलापरेको तीन दिन भइसक्दा पनि उठेन वडाध्यक्षको शव

२३ माघ ७६, शुक्रबार

२३ माघ, अछाम। 

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पद्मबहादुर धामीको शव फेलापरेको तीन दिन भइसक्दा परीक्षण हुन सकेको छैन । धामीको २१ गते बिहान गैरीगाउँस्थित गोठछानामा शव फेला परेको थियो । हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण शवको परीक्षण हुन नसकेको हो ।

“घटनाको मुचुल्का बनाएर शव परीक्षण गरी थप अनुसन्धान अगाडि बढाउने विषयमा छलफल भइरहेको छ”, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “अहिले पनि नगर प्रमुख, उपप्रमुख, पीडित पक्षसहित स्थानीय अगुवाको टोली छलफलमा छ ।”

बुधबार बिहानदेखि नै स्थानीयवासी घटनाको सत्यतथ्य छानविन र दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलन रोकेर शव परीक्षण गरी अनुसन्धान अघि बढाउने विषयमा पटकपटक छलफल चले पनि निष्कर्ष निस्किएको छैन ।

हत्याको विरोधमा बुधबार बिहानैदेखि विनायकबजार पूर्णरुपमा बन्द रहेको छ भने आज पनि विनायकमा प्रदर्शन जारी छ । प्रदर्शनका कारण मध्यपहाडी लोकमार्गमा सवारी आवागमन बन्द भएको छ ।

आफन्तले हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले ढिलाइ गरेको भन्दै आज पनि विनायक बजार बन्द गरेका हुन् । प्रहरीले सिआइबीको विशेष टोली, तालीमप्राप्त कुकुर परिचालन र फोन कल रेकर्डिङका माध्यमबाट अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता अवस्थीले जानकारी दिए ।रासस

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top