२४ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसीका विषयमा अध्ययन गर्न गठन गरेको कार्यादलको दोस्रो बैठक शुक्रबार सिंहदरबारमा बसेको छ ।
कार्यदलका संयोजक वरिष्ठ नेता झलनाथ खनालले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीले दिएको कार्यादेश अनुरुप अध्ययन गर्ने र सामग्रीहरु जुटाउने विषयमा छलफल भएको बताए । उनले कुनैपनि आवेग, आक्रोस र भावनामा नरही तथ्यहरुको आधारमा सत्य पत्ता लगाउने तर्फ बैठक अगाडि बढेको बताए ।
उनले अवको दश दिन भित्रमा अध्ययन सक्ने समेत बताए । त्यस्तै नेता भिमबहादुर रावलले सबै सामग्री जुटाई अध्ययन गर्ने कुरा बैठकमा भएको बताए । उनले सबै सान्र्दभक सामग्रीहरु प्राप्त गरेर अध्ययन गर्ने र छलफल गर्ने विषयमा छलफल भएको बताए ।