ताला फुटाएर रक्सी चोरी गर्ने प्रहरीको फन्दामा

२५ माघ ७६, आइतबार

२६ माघ, विराटनगर ।
मोरङको सुन्दरहरैँचामा पसलाको ताल्चा फुटाएर मदिरा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मदिरा चोरी गरेको आरोपमा सुन्दरहरैचा –५ का २० वर्षीय धुर्वसिंह तामाङ र मनिस राईलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार शुक्रबार राती सुन्दरहरैचा नगरपालिका–५, बाँसबारी चोकमा रहेको साथी सप्लायर्स मदिरा पसलको गोदामको ताल्चा फुटाइ उनीहरुले गोदाम भित्र रहेको अन्दाजी ७० हजार बराबरको बिभिन्न ब्राण्डका मदिरा तथा पेय पदार्थ चोरी गरेका थिए ।

घटनापछि अनुसन्धानमा जुटेको प्रहरीको टोलीले उक्त चोरी मदिरा तामाङको घरमा लुकाइ राखेको अवस्थामा प्रिमियम AC Gold ३ कार्टुन, Hinwa Barberry golden raspberry २ कार्टुन, Hiwa golden १ कार्टुन, Alc Black १ कार्टुन, Blue Star १ कार्टुन, Golden Ring २ कार्टुन, Cocacola ३ प्याकेट बरामद फेला परेको थियो ।

चोरीमा संलग्न तामाङ र राईलाई नियन्त्रणमा लिइ बेलबारी प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top