जथाभावी डोजर खन्ने कार्यको अब सरकारले नियमन गर्ने

जथाभावी डोजर खन्ने कार्यको अब सरकारले नियमन गर्ने

२६ माघ, काठमाडौँ ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जलवायु परिवर्तनको सिधा असर देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको बताएका हुन् ।

उनले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय एजेण्डा भएको बताए । जलवायु परिवर्तन हुनुमा विकशित राष्ट्रहरुको भूमिका बढी भएपनि त्यसको सबैभन्दा बढी असर नेपाल लगायतका मुलुकहरुमा परेको बताए । उनले हरितगृह तथा ग्यास उत्सर्जनका कारण तापक्रममा आएको वृद्धिले हिमालहरु पग्लन पुगेको र यो क्रम बढ्दो रहेकोले सगरमाथा संवादमा जलवायु परिवर्तनको विषयलाई मूख्य एजेण्डा बनाइएको बताए । उनले नेपालले पनि वातावरणको संरक्षणका लागि जथाभावी बाटो खन्ने डोजर संस्कृतिको नियमन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनका समस्याका विषयमा छलफल गरी नयाँ समाधान तथा उपायहरु खोज्नका लागि सगरमाथा संवाद स्थापना गरिएको बताए । उनले अन्तर निकाय संस्थाहरु एउटै फोरममा बसेर विचार विमर्श गरी नयाँ सोंच र दृष्टिकोण निर्माण गर्न सगरमाथा संवादले सहयोग पु¥याउने विश्वास समेत गरे । जलवायु परिवर्तन न्यूनिकरणमा नेपालको भूमिकाको चर्चा कम भएको भन्दै त्यसलाई स्थापित गरी हिमाल र समुद्रबीचको सम्बन्ध निर्माण गर्न सगरमाथा संवाद सफल हुने बताए ।

मन्त्री ज्ञवालीले आगामी अप्रिल २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद आयोजना गरिएको समेत बताए । उनले सगरमाथा संवादमा विभिन्न मुलुकका राट्र प्रमुख, सरकार प्रमुख, नीति निर्माता, निजी क्षेत्र तथा अभियान्ताहरु सहभागि हुने बताए । सगरमाथा संवाद प्रत्येक २÷२ वर्षमा आयोजना गरिने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.