चीनमा रहेका विद्यार्थीलाई नेपाल फर्काउन हुँदैनः नारायणमान विजुक्छे

२५ माघ ७६, आइतबार

२६ माघ, काठमाडौँ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु संकास्पद भएको बताएका छन् । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशंका व्यक्त गरे ।

अमेरिकाले विभिन्न देश सँग आफूले विभिन्न तरिकाले जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएको स्मरण गराउँदै यसको पछाडी पनि अमेरिकाको हात रहेको हुन् सक्ने बताए ।

अध्यक्ष बिजुक्छेले चीनबाट फर्काउने विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भन्दै उपत्यका बाहिर राख्न सुझाव दिए । उनले भने, ‘काठमाडौं उपत्यकाका चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनेका छन् , काठमाडौंमा राख्नु हुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ ।’

Advertisement

अध्यक्ष विजुक्छेले कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै चीनले सो भाइरसको संक्रमणलाई प्रतिरोध गर्न तीब्र गतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु वुद्धिमानी नहुने समेत उल्लेख गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top