×

NEPAL TIMES UPDATES

Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026

समयमा फोन नउठाउँदा प्रेमिकाको उखुबारीमा हत्या

२६ माघ २०७६

२६ माघ, विराटनगर ।
विराटनगर–१२ मलङ्वास्थित उखुबारीमा मृत अवस्थामा फेला परेकी दुहबी नगरपालिका–६ की सम्झना खत्री परियारको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३२ वर्षीया सम्झनाको हत्याको आरोपमा सप्तरीको कृष्णश्रवण गाउँपालिका–३ मट्टीगढा घर भई मोरङको बुढिगंगा गाउँपालिका – ३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स फ्याक्ट्रीका स्टोर ईन्चार्ज २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई मोरङ प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

सम्झनाको शव शुक्रबार बिहान शंकास्पद् अवस्थामा विराटनगर १२ स्थित उखुबारीमा फेला परेको थियो । घटनाबारे स्थानीयले जानकारी गराएसँगै तत्काल प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो । बिबाहित सम्झनासँग प्रेममा रहेका सुरेन्द्रले मंगलबार बिहानैदेखि फोन सम्पर्क गर्दा नभएपछि खोजेर बेलुका बाँसबारी चोक अगाडी भेट्टाएको र दिनभर कहाँ गएको भनेर सुरेन्द्रले सोध्दा नभनेपछि त्यही क्रममा वादविवाद हुँदा हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Advertisement

सम्झनाको शव उखुबारीमा पश्चिम टाउको, पूर्व खुट्टा उतानो परेको अवस्थामा कुर्ता सुरुवाल लगाएको, घाँटी काटिएको तथा घाँटीमा सलले बेरिएको अवस्थामा फेला परेको थियो । कसको शव भनेर सनाखत गर्ने क्रममा दुहवी – ६ कालीमन्दिर चोक बस्ने बसन्त परियारकी श्रीमती सम्झना रहेको र सम्झनाको सुरेन्द्रसँग विगत ३ बर्ष देखि प्रेम सम्बन्ध रहँदै आएको खुलेको उपरीक्षक अधिकारीले बताए । सम्झना र सुरेन्द्र केही समय अघिसम्म क्वालिटी नुडल्स फ्याक्ट्रीमा सँगै काम गरेको पनि उनले बताए । प्रहरीका अनुसार मंगलबार बिहान १० बजेदेखि सम्झना सुरेन्द्रको सम्पर्कमा थिइनन् । १२ बजे सम्झनाको घरमा जाँदा घरमा ताल्चा लागेको देखे पश्चात् उनी फ्याक्ट्रीमा काम गरेर ४ बजे खोज्न निस्केका थिए । सम्झनालाई बाँसबारी चोक अगाडि भेटेपश्चात चोकबाट पश्चिम नहरको बाटो हुँदै दक्षिणतर्फ जाने क्रममा विराटनगर – १२ मलङ्वास्थित रिङरोड छेउमा मोटरसाईकल रोकी गफगाफ गर्ने क्रममा वादविवाद तथा झै– झगडा हुँदा रिसको आवेगमा आई प्रेमी सुरेन्द्रले सम्झनाकै सलले घाँटीमा बेरी तान्दै उखुबारीमा र्पुयाई धारिलो बाँसले घाँटी रेटेर मारेको खुलेको अधिकारीको भनाई छ ।

Advertisement

प्रहरीले सुरेन्द्रलाई पक्राउ गर्नुका साथै घट्नास्थल सम्म सम्झनालाई बोकेर लगेको मोटरसाईकल, दुई थान मोबाईल बरामद् गरेको छ । सम्झनाको मोबाईल भने हालसम्म पत्ता लाग्न सकेको छैन । सम्झनाका २ छोरी छन् । सम्झनाका श्रीमान बसन्त इलाममा कपडा सिलाउने काम गर्दैआएका थिए । बुधबार घर आएका उनले श्रीमतीलाई घरमा नभेटेपछि इलाका प्रहरी कार्यालय निमुवामा खोजी गरिदिन आग्रह गरेका थिए । श्रीमान बसन्त समेतको जाहेरीमा सुरेन्द्रमाथि कर्तब्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top