काँग्रेसको अवरोधका कारण प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित

२६ माघ ७६, सोमबार

२६ माघ, विराटनगर । 

प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । पाँचौं अर्थात् हिउँदे अधिवेशनको यो दोस्रौ बैठक हो । हिउँदे अधिवेशन यही माघ २३ गतेदेखि शुरु भएको हो ।

बैठकको प्रारम्भमा नेपाली काँग्रेसका सदस्य उभिएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि आफ्नो स्थानमा नबसेपछि सचेतक सूर्यमाराज राईलाई बोल्न समय दिएपछि उहाँले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतालाई रक्षा गर्नुपर्ने धारणा राखे ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुने काम गलत भएको आरोप लगाउँदै कारवाही प्रक्रिया नसच्याए लगातार सदन अवरोध गर्ने घोषणा गरे । बैठक सोमबार २ः०० बजे अपराह्न बस्ने सभामुख भण्डारीले जानकारी दिए ।

बैठकको आजको सूचिमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तावस्वरुप सदनमा पेश हुने कार्यक्रम तय भएको थियो ।

विरोधसभा

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई कारवाही गर्न गरेको सिफारिसको काँग्रेस विराटनगर महानगरपालिका समितिले विरोध जनाएको छ । समितिले विराटनगरको शनिहाटबाट विरोध ¥याली निकाली स्थानीय हनुमान मन्दिर नजिककै कोणसभाको आयोजना गरेको थियो ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top