द्वन्द्व पीडितका मनको पीडा कसले बुझिदिने ?

२६ माघ ७६, सोमबार

२६ माघ, काठमाडौँ ।
द्वन्द्व पीडित साझा चौतारीले द्वन्द्वकालिन मुद्दाहरु निरुपण गर्न गठन भएका आयोगहरुले पीडितको पक्षमा काम गर्न नसकेको गुनासो गरेको छ । सरोकारवाला पक्षसँग आइतबार भएको अन्तरक्रिया कार्यक्रममा चौतारीका अध्यक्ष भागीराम चौधरीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितको पक्षमा काम गर्न नसकेको बताएका हुन ।

विधि र पद्धति अनुसार गठन नहुदा ४ वर्षसम्म पनि कुनै निर्णय हुन नसकेको उनले बताए । परिणाम दिन नसकेको आयोगमा पुनः पदाधिकारी नियुक्त गर्नुको उद्देश्य के हो भन्ने आफुले बुझ्न नसकेको उनको भनाई छ ।

प्राध्यापक कपिल श्रेष्ठले नेताहरुले आफ्नो खल्तिबाट मान्छेहरु ल्याएर सरकारले रबर स्टयाम्प आयोग गठन गरेको आरोप लगाए । पञ्चायतकालमा जस्तै दुई तिहाइको सरकार स्वतन्त्रता र मावनअधिकार संकुचित गर्नेगरी अगाडी बढेको उनको भनाई छ ।

मानवअधिकारकर्मी डा. गोपालकृष्ण सिवाकोटीले नारा, धर्ना, जुलुस निरन्तरका काम भएपनि एने संशोधनका लागि संघर्ष गर्नुपर्ने बताए । ऐन परिवर्तनलाई मुख्य एजेण्डा बनाएर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।

द्वन्द्वपीडित भोजराज तिमल्सिनाले पीडितका बालबालिकालाई शिक्षा, स्वास्थ्य, गास बासको समस्या भएपनि सरकारले नहेरेको गुनासो गरे । अन्य देशमा मानवअधिकारवादीहरु पीडितको हक अधिकारका लागि आमरण अनसनमा बस्ने गरेको बताउदै होटलमा बसेर हाँसी मजाक गर्नुभन्दा पीडितको पक्षमा कुराहरु उठाउन माग गरे । वरिष्ठ अधिवक्ता बाबुराम जिसीले जिउँदै मान्छे मार्ने मार्न लगाउने व्यक्तिलाई राजनीतिक दलहरुले पीडितको मेख मार्नेगरी पीडकलाई देशको सर्वोच्च पद दिएको बताए ।

आयोगको पूर्व सिफरिस समितिका पूर्व सदस्य प्रदिप पोखरेलले अहिलेको सबै प्रकृया पुनरावलोकन गरी अगाडी कसरी बढ्ने भन्ने एजेण्डाहरुका विषयमा गृहकार्य गर्नुपर्ने बताए ।  चौतारीका महासचिव जनक बहादुर राउतले आयोगहरुबाट आशा गरेको र अभिलासा बोकेअनुसारको न्याय नपाइएको गुनासो गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top