×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

भूकम्प प्रभावित ४०० सम्पदा पुनःनिर्माण

२६ माघ २०७६

२६ माघ, काठमाडौँ ।

 विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । चालू आवमा १५० सम्पदाको पुनःनिर्माण भइरहेको छ । चालु आवको अन्तिमसम्म भूकम्पले क्षति पुगेका ६० प्रतिशत सम्पदा बनाइसक्ने पुरातत्व विभागको लक्ष्य छ । बाँकी ४० प्रतिशत सम्पदा आव २०७८/७९ सम्म सक्ने कार्ययोजना पनि विभागले सार्वजनिक गरेको छ ।

Advertisement
Advertisement

विभागमा आज आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षका लागि काठमाडौँ, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा राति पनि घुम्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

‘भक्तपुरमा पर्यटकले राति घुम्न सकिने व्यवस्था गरिसकिएको छ, वसन्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्रमा पनि छिट्टै यो व्यवस्था गरिँदै छ, उपत्यकाका सम्पदालाई एकापसमा जोड्न लागिएको छ, सम्पदाबीच साइकल लेन पनि बनाउने तयारी छ’, उनले भने । सम्पदा पुनःनिर्माणमा पुरानै सामग्रीको प्रयोग हुने जानकारी मन्त्री भट्टराईले गराए । पुराना सामग्रीले काम नगर्ने अवस्था भएमात्र नयाँ निर्माण सामग्री प्रयोग गरिेने पुराना सामग्रीलाई सङ्ग्रहालयमा राख्ने सरकारको नीति रहेको उनले सुनाए । पाटनमा यस्तो सङ्ग्रहालय बनिसकेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समिति सदस्य डा.चन्द्रबहादुर श्रेष्ठले धरहरा र रानीपोखरी प्राधिकरणले नै बनाइराखे पनि त्यसको स्वामित्व विभागसँगै रहेको जानकारी दिए । त्रिपुरेश्वरको महादेव मन्दिर क्षेत्र संरक्षणकै लागि काठमाडौँ विश्वविद्यालयलाई गुठी संस्थानले दिएको पनि उनले बताए ।

विभागका निमित्त महानिर्देशक दामोदर गौतमले प्रदेश नं १ को विराटनगर क्षेत्रमा महाभारतकालीन विराट दरबार र किचकबधको पनि उत्खनन भइरहेको जानकारी दिए । सम्पदा पुनःनिर्माणमा पुराना निर्माण सामग्री र स्वरुपलाई नबिगारिएको दाबी उनले गरे ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले कपिलवस्तु क्षेत्रमा भइरहेको उत्खननले प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट नै भएको तथ्य प्रमाणित गरेको सुनाए । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्नेमा विश्वस्तरमै विवाद नरहेको जानकारीसमेत उनले गराए ।

Advertisement

विभागका प्रमुख पुरातत्व अधिकृत डा.सुरेशसुरस श्रेष्ठले उपत्यकाका विश्व सम्पदास्थलका १७० सम्पदामा गोरखा भूकम्पले क्षति पुगेको जानकारी गराए । तीमध्ये हालसम्म १०१ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।विश्व सम्पदा स्थल लुम्बिनीभित्र भइरहेका विभिन्न गतिविधिले त्यहाँको विश्वव्यापी महत्वमाथि पार्न सक्ने नकारात्मक प्रभाव कम गर्न एकीकृत व्यवस्थापन प्रक्रिया स्वीकृतिको लागि आवश्यक तयारी भइरहेको विभागले जनाएको छ । रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top