२६ माघ, बैतडी ।
बिरामी बोक्न प्रयोग हुने गाउँपालिकाको एम्बुलेन्सभित्र मरेको चित्तल लैजादै गरेको अवस्थामा बैतडीको डिलासैनी गाउँपालिकाको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।
दार्चुला प्रहरीले आइतबार मध्यान्ह १२ः४५ बजे शैल्यशिखर नगरपालिका –९, गोकुलेश्वर बजारमा एम्बुलेन्सभित्र मरेको चित्तल सहित समातेको हो ।
डिलासैनी गाउँपालिकाले चलाउँदै आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोकेलेश्वरका प्रहरी नीरिक्षक खगेन्द्र साउदले जानकारी दिए ।
साउदले भने ,–‘एम्बुलेन्स नियन्त्रणमा लिएर चालक महेश बोहरालाई पाक्राउ गरेका छौं । मृत चित्तल दार्चुला स्थित वन डिभिजन कार्यालयमा बुझाउने तयारी गरिरहेका छौ ।
चालक बोहराले महेन्द्रनगरबाट फर्किदा कञ्चनपुरको अर्जुनी ब्यारेक नजिकबाट चित्तल मारेर ल्याएको प्रारम्भिक बयान दिएका प्रहरी नीरिक्षक साउदले जानकरी दिएका छन् ।