कोरोना भाइरसः चीनमा आइतबार मात्रै ९७ जनाको मृत्यु

२६ माघ ७६, सोमबार

२७ माघ, एजेन्सी ।
महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण चीनमा एकै दिन ९७ जनाको मृत्यु भएको छ ।

आइतबार एकै दिन नोवेल कोरोनाका कारण ९७ जनाको मृत्यु भएको चीनको स्वास्थ्य संगठनले पुष्टि गरेको हो । कोरोनाका कारण एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । चीनमा हालसम्म ९०८ जनाको मृत्यु भएको छ।

तर चीनमा नोवेल कोरोनाका कारण नयाँ संक्रमित हुनेको संख्या भने स्थिर रहेको छ । चीनभर हालसम्म ४० हजार १७१ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल एक लाख ८७ हजार ५१८ जनालाई निगरानीमा राखिएको छ ।

Advertisement

चीनले दिएको तथ्यांक अनुसार अहिलेसम्म तीन हजार २८१ जना उपचारपछि नोवेल कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् । संक्रमित तथा मृत्यु हुनेमा अधिकांश चीनको हुबेइ प्रान्तका छन् ।

हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक नोवेल कोरोना भाइरसको संक्रमण देखिएको थियो । एक करोड १० लाख भन्दा बढी मानिसको बसोबास रहेको वुहान शहर विगत केही हप्तादेखि बन्द रहेको छ ।

चीन बाहिर कम्तिमा २७ देशमा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीन बाहिर मात्रै दुईजनाको मृत्यु भएको छ । फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको हो । नोवेल कोरोना भाइरसको संक्रमणलाई गएको जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

यसैबिच डब्लुएचओले अन्तर्राष्ट्रिय विज्ञहरुको एक टोली चीन पठाएको छ । नोवेल कोरोना भाइरसको महामारीबारे अध्ययन गर्नका लागि आइतबार विज्ञहरुको टोली बेइजिङ गएको डब्लुएचओले उल्लेख गरेको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top