मेलम्चीको काम तीव्र, असारसम्ममा पानी आउने सम्भावना

२८ माघ ७६, मंगलबार

२८ माघ, काठमाडौं ।
मेलम्चीको पानी असारसम्म काठमाडौँ ल्याउने तयारी भएको छ ।

Advertisement

सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

हेडवक्र्स निर्माणको सम्झौता अवधि १५ महिनाको भएकाले हाललाई अस्थायी डाइभर्सन गरी असारमा ल्याउन लागिएको हो । मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सिनो हाइड्रोले कामलाई तीव्र बनाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

Advertisement

कम्पनीले तोकिएको समयभन्दा अगावै सम्पन्न गरी बोनस पाउनेगरी काम गरिरहेको उनको भनाइ छ । प्रवक्ता पन्तले भने, काम द्रुतगतिमा भएको छ, कामको प्रगति राम्रो छ, बोनस खानेगरी कम्पनीले कम गरेको छ, अहिलेसम्म हेर्दा बोनस खाने सङ्केत देखिएको छ, यसको मतलब तोकिएको समय अगावै काम सकिन्छ ।

सम्झौता अनुसार ६६ दिनअघि काम सम्पन्न गरे कुल सम्झौताको १० प्रतिशत बोनसको व्यवस्था छ । दैनिक ०.०१५ प्रतिशत हुन आउँछ । समय अगावै काम सके दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता छ ।

Advertisement

कम्पनीले छिटो काम सके दैनिक १२ लाख ७५ हजार रुपियाँ प्रोत्साहन भत्ता पाउने छ । काममा ढिलाइ भए कम्पनीले दैनिक १२ लाख ५० हजार रुपियाँका दरले जरिवाना तिर्नुपर्नेछ ।

गत असोज २४ गते हेडवक्र्स निर्माणका लागि समितिले हाइड्रोसँग सम्झौता गरेको थियो । हेडवक्र्स निर्माण गर्न एक अर्ब दुई करोड रुपियाँको सम्झौता भएको हो । काम सुरु भएको एक वर्षमा निर्माण सक्नुपर्ने सम्झौता छ ।

सुरुङ फिनिसिङको काम पनि हाइड्रोले गर्नेछ । काम सुरु भएको एक वर्षमा सम्पन्न गर्ने गरी ८५ करोड रुपियाँमा सम्झौता भएको थियो ।

कम्पनीले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरूको मर्मत लगायतका काम गर्नेछ ।

दोस्रो सम्झौता अनुसार हेडवक्र्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ प्रणाली जडानलगायतका काम कम्पनीले गर्दैछ ।(गोरखापत्र)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top