×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काबुलमा बम बिस्फोट : पाँच व्यक्तिको मृत्यु

२८ माघ २०७६

२८ माघ, काबुल ।
अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन । स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजेतिर सो विस्फोट भएको जनाइएको छ । यस विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य १२ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताएका छन् ।

Advertisement

गृह मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ । तर गृह मन्त्रालयले घाइते सङ्ख्या भने छ मात्र भएको बताएको थियो । यो एउटा ठूलो विस्फोट हो जसले हाम्रो घरलाई हल्लायो, हामीले पछि गोलीबारीको आवाज सुन्यौँ, एम्बुलेन्सहरु तुरुन्तै त्यस इलाकामा पुगेर उद्धारको काम थालेका छन्– एकजना स्थानीय समीउल्लाहले एएफपीलाई बताएका छन् ।

Advertisement

हालैका हप्ताहरूमा तालिबानले अमेरिकासँग वार्ताको लागि भन्दै प्रमुख सहरी केन्द्रहरुमाथि आक्रमण गरेको अस्वीकार गर्दै आएका भए तापनि कैयौँ प्रान्तमा हिंसा जारी रहेको छ ।रासस / एएफपी

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top