प्रहरी प्रमुखमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त

२८ माघ, काठमाडौँ ।
सरकारले ठाकुरप्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गरेको छ । सर्वेन्द्र खनालले मंगलबारबाट अनिवार्य अवकाश पाएपछि रोलक्रममा रहेका प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डिआइजी) मध्ये पहिलो नम्बरमा रहेका ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त भएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावलाई अनुमोदन गर्दै ज्ञवालीलाई आइजीपीमा नियुक्त गरेको हो । खनालसँगै तीन जनै एआइजीले समेत अवकाश पाएपछि प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट सरकारले सिधै आइजीपी नियुक्ति गरेको हो। ज्ञवाली खनालकै वैकल्पिक ब्याचका प्रहरी अधिकारी हुन्।

२०४७ साल असार २७ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवाली विद्यमान ३० वर्षे सेवाअवधि कायमै रहे पाँच महिना प्रहरी महानिरीक्षकको कुर्सीमा रहने छन् । बोलीमा ‘नम्र’ व्यवहारमा ‘आक्रामक’ चिनिने ज्ञवाली प्यूठानको झिम्रुक गाउँपालिका १ को मध्यमवर्गीय परिवारबाट प्रहरी सेवामा आएका हुन् ।

Advertisement

एक नम्बर प्रदेशको प्रहरी प्रमुख रहेकै बखत उनी तीस वर्षे सेवाअवधिका कारण खनालको ब्याच विदा भएपछि नयाँ प्रहरी महानिरीक्षक बनेका छन । तीस वर्षे सेवाअवधि हट्ने वा कायम रहने ‘अलमल’ चलिरहेको परिस्थितिमा उनी प्रहरी संगठनको नेतृत्वमा पुगेका छन् । प्रहरी महानिरीक्षकको कार्यकाल पाँच महिनाको उनको अवधिमा उनले संगठनका लागि के गर्न सक्लान भन्ने चासो प्रहरी बृत्तमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top