अस्ट्रेलियामा धरानकी युवतीमाथि छुरा प्रहार

२ फागुन ७६, शनिबार

३ फागुन, एजेन्सी ।
अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको छ।

Advertisement

स्थानीय भाइव कलेजमा आइटीमा डिप्लोमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट उनको कम्मरमुनिको भागमा गहिरो चोट लागेको थियो।

प्रहरीको सहयोगमा उनलाई रोयल व्रिजवेन महिला अस्पतालमा उपचारका लागि लगिएको थियो। उनलाई सात टाका लगाइएको र खतरामुक्त अवस्था भएपछि अस्पतालले शनिबार बिहान घर पठाएको छ।

Advertisement

घाइते युवती खतरामुक्त रहे पनि मानसिक रूपमा निकै समस्यामा परेकी उनकी एक सहपाठीले जानकारी दिइन्। ती युवतीको घर पुग्न बसबाट झरेर १५ मिनेट हिँड्नु पर्छ।

सोही क्रममा घर जाँदै गर्दा अचानक अग्लो कदको केटाले पछाडिबाट आएर छुरा प्रहार गरेको युवतीको भनाइलाई उदृत गर्दै उनकी साथीले भनिन्।

Advertisement

घटनापश्चात घाइते युवतीको साथीहरूले प्रहरीलाई खबर गरेका थिए । उनी डेढ वर्ष अघि अस्ट्रेलिया आएकी थिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top