छ लाख नगदसहित १६ जुवाडे पक्राउ

२ फागुन ७६, शनिबार

३ फागुन, काठमाडौं ।
नेपाल प्रहरीले छ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडे पक्राउ गरेको छ।

Advertisement

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्ने १६ जनालाई शुक्रबार राति पक्राउ गरेको हो।

पक्राउ पर्नेमा शङ्कर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी, दिनेशराज कुँवर, बुद्धीबहादुर गुरुङ, राजु गुरुङ र अनुप गुरुङ छन्।

Advertisement

देवेन्द्र केसी, श्यामसुन्दर नगरकोटी, विमल मगर, दिनेश पन्त र शिवजी शिवाकोटीलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ठूलो रकम कारोवार गर्ने गरी जुवातास खेलेकाले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।

पक्राउ परेकासँग नगद पनि नियन्त्रणमा लिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top