इलाममा चिया टिपाई सुरु

इलाम, चैत ६
इलाममा चियाको पहिलो टिपाई (फस्ट फ्लस) शुरु भएको छ । गत कात्तिकदेखि पलाउन छोडेको चिया पुन पलाउन थालेसँगै चिया टिपाई शुरु भएको हो ।

यससँगै जिल्लाका चिया कारखानाले प्रशोधनको तयारी थालेका छन् । केहि समय फुर्सद भएका चिया तथा कारखाना मजदुरको समेत अव ब्यस्तता वढेको छ ।

पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच वढाउन समेत छिट्टै टिपाई थालिएको हो । यसबर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ ।

अघिल्लो बर्ष चैत अन्तिमबाट मात्रै पत्ति टिपाई सुरु भएपनि यो बर्ष चैतको पहिलो साताबाटै मुना चिया टिपाई शुरु भएको किसानहरुको भनाई छ ।

जिल्लाका लेकाली क्षेत्रमा अझै पुर्ण रुपमा चिया नपलाए पनि मध्यम र तातो बढेका क्षेत्रहरुमा चिया टिप्न सुरु गरिएको हो ।

पहिलो सिजनको चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भएपनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने किसानहरुको भनाई छ । यस वर्ष छिटो पानी परेकाले यहाँका चिया किसानहरुमा खुसी समेत छाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top