ब्राउन सुगरसहित झापाबाट एक जना पक्राउ

ब्राउन सुगरसहित झापाबाट एक जना पक्राउ

८ फागुन, झापा ।
झापाको मेचीनगर नगरपालिका–१० टिकापुरबाट सय ग्राम ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन ।

बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट बुधवार साँझ गएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१० का ३८ बर्षीय हिरालाल राजवंशीलाई सो परिणामको ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका राजवंशीको सम्बन्धमा थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.