नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएँ : बाँस्कोटा

८ फागुन, काठमाडौँ ।
आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएको गोकुल बाँस्कोटाले ट्वीट गर्दै जानकारी दिएका छन् । उनले बिहीबार ट्वीट गर्दै आफ्नो बारे प्रश्न उठेकोले प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको बताएका छन्।

Advertisement

बाँस्कोटाले भनेका छन्–‘ मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’

सेक्युरिटी प्रेसखरिदका विषयमा स्थानीय एजेन्ट विजयप्रकाश शर्मा मिश्रसँग मोलमोलाइ गरेकोअडियो बुधबार सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो ।

Advertisement

उनले बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top