माग सम्बोधन गर्ने प्रतिबद्धता भएपछि लक्ष्मण थारुको अनसन स्थगित

८ फागुन ७६, शुक्रबार

८ फागुन, धनगढी ।
कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जना कैदीबन्दीको रिहाइको माग राख्दै धनगढीमा आमरण अनशन बसेका थरुहट थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले अनसन तोडेका छन् । फागुन १ गतेदेखि अनशन बसेका थारुले आठौं दिनमा बिहीबार अनसन तोडेका हुन् ।

Advertisement

जिल्लास्थित विभिन्न राजनैतिक दलहरूले माग पुरा गराउन पहल गर्ने लिखित प्रतिबद्धता दिएपछि उनले अनसन तोडेका हुन् । उनलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनसन तोडाएका थिए ।

टीकापुर घटनाबारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा बनेको समिति र अन्य विभिन्न समयमा बनेका छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र अन्य मागहरू राजनैतिक रूपले पुरा गर्न जिल्लाका क्रियाशील राजनैतिक दलहरू एक भएपछि अनसन तोडेको थरुहट थारुवान् राष्ट्रिय मोर्चाका सल्लाहकार कृष्णकुमार चौधरीले जानकारी दिए ।

Advertisement

उनले आन्दोलनका अन्य विकल्प अघि सार्ने विषयमा पनि सहमति भएको जानकारी दिए । मोर्चाको आन्दोलन तथा अनशनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान सङ्घर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत सङ्घ संस्थाले ऐक्यबद्धता जनाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top