औद्योगिक व्यापार मेला चैत २३ देखि

६ चैत ७४, बुधबार

भक्तपुर, चैत ७
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षका अवसरमा यहाँ ‘चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४ । ७५’ आयोजना गर्ने भएको छ ।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले यही चैत २३ देखि आगामी वैशाख ३ गतेसम्म आयोजना हुने मेला उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले गर्न लागिएको बताए ।

मेलाका संयोजक दीपक थापाले मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिइने र उपभोगकर्ताका लागि डा इवामुरा मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिए ।

मध्यपुर ब्याइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले मेलामा हरेक दिन विभिन्न ब्याण्ड, नृत्य तथा बि–बोइङ प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने बताए ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको ९९ रोपनी जग्गामा मेला आयोजना गरिने छ । मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा र पर्यटन प्रवद्र्धनका सामग्री, रोटे पिङ, मारुती जादू, कोलम्बस जादु, चिडिया घर, बालबालिकाका खेल सामग्रीको प्रदर्शनका साथै राष्ट्रियस्तरका कलाकारका हास्य व्यङ्ग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने छ ।
रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top