बिगबस १३ की प्रतिष्पर्धी शर्मामाथि नक्कली सर्टिफिकेट बनाएको आरोप

बिगबस १३ की प्रतिष्पर्धी शर्मामाथि नक्कली सर्टिफिकेट बनाएको आरोप

१२ फागुन, एजेन्सी । बिग बोस १३ की प्रतिस्पर्धी तथा भारतीय टेलिभिजन अभिनेत्री माहिरा शर्मामाथि नक्कली सर्टि्फिकेट बनाएको आरोप लागेको छ।

केही दिनअघि अभिनेत्री आलिया भट्टको ड्रेसिङ स्टाइल कपी गरेका कारण ट्रोलमा आएकी माहिरामाथि अब नक्कली सर्टि्फिकेट बनाएको आरोप लागेको हो।

उनीमाथि दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभल अवार्डको नक्कली सर्टि्फिकेट बनाएको आरोप लागेको छ । दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभल अवार्डको टिमले आधिकारीक इंस्टाग्राम मार्फत माहिराले नक्कली सर्टि्फिकेट बनाएको आरोप लगाएको हो ।

केही दिनअघि माहिराले आफ्नो इंस्टाग्रामबाट यस अर्वाडको सर्टि्फिकेटको तस्वीर पोस्ट गरेकी थिइन्। उनले उक्त पोस्टमा मोस्ट फेसनेबल कन्टेस्टेन्ट अफ बिग बोस १३ का लागि उनलाई उक्त अवार्ड मिलेको बताएकी थिइन्।

माहिराको उक्त दाबी माथि अवार्ड टिमका कुनै पनि सदस्यले उनलाई उक्त अवार्ड प्रदान नगरेको भन्दै नक्कली सर्टि्फिकेट बनाएको आरोप लगाएका हुन् ।

माहिराको उक्त गलतीविरुद्ध टिमले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक रुपमा माफि माग्न आग्रह गरेको छ। उनले माफि नमागे उनीमाथि कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.