उत्तर कोरियामा कोरोनाको आशंकामा ३८० जना विदेशी नागरिक क्वारेन्टाइनमा

१२ फागुन, एजेन्सी । कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै उत्तर कोरियाले ३८० जना विदेशी नागरिकलाई क्वारेन्टाइनमा राखेको छ ।

पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण विभिन्न देशहरुमा फैलिरहेको छ । भाइरस भेटिएको शंकामा उत्तर कोरियाले करिब २ सय विदेशी नागरिकलाई घर भित्र रहन आग्रह गरेको थियो । उत्तर कोरियामा कोरोनाबाट संक्रमितको जानकारी भने आएको छैन ।

यस्तै, दक्षिण कोरियामा भने भाइरसका कारण ७ जनाको मृत्यु भइसकेको र ७६३ जना संक्रमित भेटिएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले ‘कोभिड-१९’ नाम दिएको उक्त भाइरसको संक्रमणबाट विश्वभर २ हजार ४ सय ६८ जनाको मृत्यु भइसकेको छ । ७९ हजार बढी मानिसमा भाइरसको संक्रमण भेटिएको छ ।

Advertisement

अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म चीनमा २४४२, दक्षिण कोरियामा ७, इरानमा ८, जापानमा ४, इटालीमा २, हङकङमा २, ताइवानमा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाको मृत्यु भएको छ । (रासस)

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top