१६ फागुन, एजेन्सी ।
एसीसी इस्टर्न रिजन टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । थाईल्यान्डमा शनिबार देखी सुरु हुने सो प्रतियोगितको एसियन क्रिकेट काउन्सिल (एसीसी)ले शुक्रबार सहभागि पाँच राष्ट्रका कप्तानबीच ट्रफी सार्वजनिक गरेको हो ।
नेपाल कप्तान ज्ञानेन्द्र मल्ल सहित थाईल्यान्ड, हङकङ, सिंगापुर र मलेसिया कप्तानको सहभागितामा ट्रफी सार्वजनिक गरिएको थियो ।इस्टर्न रिजन लिगका आधारमा हुने छ । चीन, भुटान र म्यानमारलेले कोरोना भाईरसको कारण आफ्नो नाम फिर्ता लिएपछि लिगको आधारमा हुन लागेको हो । लिगपछि शीर्ष दुई टोली अगष्टमा मलेसियामा हुने एसिया टि ट्वान्टी क्वालिफयारको लागि छनोट हुने छन् ।
इस्टर्न रिजनका शीर्ष दुई टोली र वेस्टर्न रिजनका विजेता यूएई र उप विजेता कुवेतबीच अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार हुने छ । जसको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि–ट्वान्टी कप प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्न पाउने छ ।
उपाधि जित्ने लक्ष्य सहित नेपाली टोली विहीबार थाईल्यान्ड पुगेको नेपाली टोलीले पहिलो खेल शनिवार मलेसियासँग खेल्ने छ । आइतबार हङकङ, वुधबार थाईल्यान्ड र शुक्रबार सिंगापुरसँग खेल्ने छ ।