सत्तारूढ नेकपाको सचिवालय बैठक बस्दै

१७ फागुन ७६, आइतबार

१८ फागुन, काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने/नपठाउने बारे तीव्र मतभेद जारी रहेका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा वामदेवलाई राष्ट्रिय सभामा सिफारिस गर्ने गत बुधबारको निर्णयलाई कार्यान्वयन गराउने विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णय मान्न मन्त्रिपरिषद् बाध्य नहुने बताउँदै आएका छन्।

उनले अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा निरन्तरता दिन चाहेका छन् । पछिल्लो समय उनले तत्कालका लागि वामदेव र खतिवडा दुबै जनालाई नै सिफारिस नगर्ने मनस्थिति बनाएको बालुवाटार स्रोतको भनाइ छ ।

वामदेवलाई राष्ट्रिय सभामा नपठाउने प्रधानमन्त्रीको अडानमा सचिवालय सदस्य तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मात्र खुलेर साथ दिएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले सचिवालयको निर्णय प्रधानमन्त्री ओलीले मान्नुपर्ने तर्क गर्दै आएका छन् । राष्ट्रिय सभाका नयाँ सदस्यहरूको फागुन २१ गते सपथ हुँदैछ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top