चैते धान रोपाइँको चटारो

७ चैत ७४, बिहीबार

चितवन, चैत ८
जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ । उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैते धान लगाउन शुरु गरिएको छ ।

चैतको पहिलो सातावाट चैते धान रोप्न शुरु गरिन्छ । असार महिनामा चैते धान भित्र्याउने गरिन्छ । जिल्लामा गतवर्ष पाँच हजार हेक्टरमा चैते धान लगाउँदा २२ हजार पाँच सय मेट्रिक टन उत्पादन भएको थियो ।

नब्बे प्रतिशत भू–भागमा हर्दिनाथ एक जातको धान लगाइने लामिछानेले बताउनुभयो । अन्य भागमा चैते २, चैते ४, विआर ४४ लगाइन्छ । वर्षातमा थन्क्याउन कठिन हुने भए पनि उत्पादन पर्याप्त हुने भएपछि कृषक चैते धानतर्फ आकर्षित भएका हुन् ।

Advertisement

वर्षे धान एक हेक्टरमा तीन मेट्रिक टनको हाराहारीमा उत्पादन हुन्छ । चैते धान एक हेक्टरमा चार दशमलव पाँच मेट्रिक टन जति उत्पादन हुन्छ । साना कृषि सहकारी संस्था बछौलिका सदस्य रामहरी दाहाल उत्पादन पर्याप्त हुनेभएपछि चैते धानतर्फ किसानको आर्कषण बढेको बताउछन् ।

“हाल लगाइएका बीउ पुरानो भएकाले परिवर्तन गर्न सकिएमा उत्पादन थप बढाउन सकिन्छ,” उनले भने । जिल्लामा २९ हजार दुई सय हेक्टरमा वर्षे धान लगाइन्छ ।

गतवर्ष ९७ हजार पाँच सय मेट्रिक टन वर्षे धान उत्पादन भएको थियो । वर्षे धान लगाउने क्षेत्र बढाउन नसकिने भए पनि सिँचाइको सुविधा पु¥याउन सकेमा चैते धान रोप्ने क्षेत्र बढाउन सकिने विज्ञहरु बताउंछन् ।

वर्षातमा थन्क्याउनु पर्दा काममा कठिन र मूल्य पाउन नसक्ने समस्या रहेको किसानको गुनासो छ । मुख्यरुपमा चैते धान चिउराका लागि प्रयोग गरिन्छ ।
रासस

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top