पत्रकार महासंघका अध्यक्ष र ईश्वर पोखरेलबीच आरोप प्रत्यारोप

१७ फागुन ७६, आइतबार

१८ फागुन, काठमाडौं । नेपाल पत्रकार महासघका अध्यक्ष गोविन्द आचार्यले लोकतान्त्रिक सरकार भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति भने हुुन नसकेको बताएका छन् ।

Advertisement

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाण्डौमा आईतबार आयोजित कार्यक्रममा अध्यक्ष आचार्यले व्यवस्था परिर्वतन भएपनि प्रेस स्वतन्त्रताको अवस्था भने संकुचित हुदै गएको बताएका हुन् ।

लोकतान्त्रिक सरकार भएपनि लेख्ने स्वतन्त्रताका लागि संचारकर्मी सडकमा आउनुपर्ने अवस्था श्रृजना हुनु दुखद भएको बताए । लोकतन्त्रको मुख्य आधार प्रेस स्वतन्त्रता भएपनि सरकारले सरोकारवाला पक्षसंग एक पटक पनि छलफल नै नगरि मिडिया काउन्सिल, सूचना प्रविधि विधेयक ल्याएको गुनासो उनले गरे ।

Advertisement

उनले भने“ आज देशमा लोकतन्त्र स्थापना भयो । लोकतान्त्रिक सरकार चयन भयो । तर अहिले पनि हामी लडिरहनुपरेको छ । अहिले पनि लेख्ने स्वतन्त्रताको लागि सडकमा आउनुपर्ने अवस्था छ । ऐन कानुनहरु संसदमा जाँदाखेरी संविधानभन्दा विपरितका छन् । तर कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको निरन्तर खबरदारी गर्ने दायित्वबाट हामी विचल्लित हुदैनौ । प्रेस स्वतन्त्रताको पक्षमा सधै लडिरहनेछौ ।”

लोकतान्त्रिक सरकार भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभुति हुन नसकेको भन्ने अध्यक्ष आचार्यको भनाईमान उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले ‘डेमोक्रेशीका लागि जस्तो लडेको’ जस्तो व्यवहार नगर्न आग्रह गरेका थिए । उनले विगतको व्यवस्था र अहिलेको व्यवस्था भिन्न भएकाले तात्कालिन समयको जस्तो व्यवहार गरे संगति नमिल्ने तर्क गरे ।

Advertisement

उनले समग्र संचार क्षेत्रलाई मुलुकको शासन प्रणाली र अवस्थालाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top