×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

१८ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(प्रचण्डमाथि जुत्ता प्रहार)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै काठमाडौंस्थित राष्ट्रिय सभागृहमा जुत्ता प्रहार / जुत्ता प्रहार गर्ने पूर्व माओवादी लडाकुका छोरा रतन तिरुवा प्रहरी नियन्त्रणमा ।

Advertisement
Advertisement

२.(प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण )
आगामी बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुने/ प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार नै महाराजगंज स्थित त्रिभुवन शिक्षण अस्पतालमा भर्ना हुने ।

३.(देउवाको आशंका)
सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषय भएको शेरबहादुर देउवाको भनाई /अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र ल्यएको आरोप ।

४.(कोरोना देखिएन)
चीनको वुहानबाट ल्याएर भक्तपुरको खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनामा नै कोरोना भाइरसको संक्रमण नभएको पुष्टि/भोलि बिहानसम्म आधिकारिक घोषणा गरेर सबैलाई घर पठाउने तयारी ।

५.(यतिले मात्रै पुग्छ ?)
शिशु च्यापेकी महिलामाथि कुटपिटको आरोप लागेका इन्स्पेक्टर देवीप्रसाद पौडेल महानगरीय प्रहरी परिसर ललितपुर तानिए /भैंसेपाटी इन्चार्जमा रहेका इन्स्पेक्टर पौडेलको सट्टामा अर्का इन्स्पेक्टर सुजित ओझालाई पठाइयो ।

६.(आरोपै त हो)
जनउत्तरदायी भूमिका निर्वाह गर्न संञ्चारमाध्यमलाई रक्षामन्त्री ईश्वर पोख्रेलको आग्रह / अदृश्य स्रोतबाट सञ्चालित मिडियाहरु जनता र मुलुकप्रति उत्तरदायी हुनु भन्दा स्रोतको सेवामा समर्पित हुने गरेको आरोप ।

७.(पत्रकारको नियति)
लोकतान्त्रिक सरकार भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति भने हुुन नसकेको पत्रकार महासघका अध्यक्ष गोविन्द आचार्यको भनाई /लेख्ने स्वतन्त्रताका लागि संचारकर्मी सडकमा आउनुपर्ने अवस्था श्रृजना हुनु दुखद भएको उल्लेख ।

८.(सरिताको सुर)
पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने समाजवादी पार्टी नेपालको चेतावनी /सरकारले आफ्नो असफलता लुकाउन करको दायर बढाएको भन्दै पेट्रोल र डिजलमा विकास करको नाममा बढाइएको मूल्य फिर्ता लिन माग ।

९.(नेविसंघको राजनीति)
नेपाल विद्यार्थीसंघआबद्ध विद्यार्थीहरूद्धारा देशभरका क्याम्पस बिरोध प्रदर्शन/पेट्रोलियम पदार्थमा बृद्धि गरिएको पूर्वाधार विकास कर फिर्ता लिन माग ।

१०.(बामदेवले दुःखी बनाए)
पार्टीभित्रको अन्तरविरोधले मतदाताहरु दुःखी भएको सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तको भनाई / बामदेव गौतमलाई निर्वाचनमा पराजित भएको २ वर्ष नपुग्दै राष्ट्रियसभामा लैजाने कुरा उपयुक्त नभएको दाबी ।

११.(मनन् योग्य प्रस्ताव)
सामाजिक कुरिती र एसिड प्रहार जस्ता घटना रोक्न विशेष अभियान सञ्चालन गर्न सांसदहरुको माग /एसिड विक्रि राज्यबाट अनुमति प्राप्त व्यक्तिले मात्रै गर्न पाउने र किन्ने व्यक्तिको सम्पूर्ण रेकर्ड राख्ने प्रावधान बनाउनुपर्नेमा जोड ।

१२.(वहसले निर्यात बढ्छ ?)
सरकार स्वदेशी वस्तुहरुको निर्यात बढाउने विषयमा केन्द्रीत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाई /नेपाल र बंगलादेशका अधिकारीबीच व्यापार सहजता र नेपाली वस्तुहरुमाथि बंगलादेशले लगाएको ट्यारिफको विषयमा छलफल ।

१३.(आए दक्षिणी दूत)
नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आए / राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्समा काम गरेका राजदूतअनुभवी र चतुर कुटनीतिज्ञ ।

१४.(इपिएलका विदेशी)
आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) कालागि भैरहवा ग्लयाडिएटर्सद्वारा आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक/ओमान, श्रीलंकाका खेलाडी भैरहवाबाट खेल्ने /न्युजिल्यान्डका अलराउण्डर कोरी एन्डरसन काठमाण्डौ किंग्स बाट खेल्ने ।

Advertisement

र,
१५.(कोरोना फैलिदै)
कोरोनाका कारण इरानमा ४३ जनाको मृत्यु, ५ सय ९३ जना संक्रमित/ इरानपछि सबैभन्दा धेरै युरोपेली मुलुक इटालीमा १८ जनाको मृत्यु /दक्षिण कोरियामा संक्रमितको संख्या ३१ सय ५० पुग्यो /हालसम्म १७ जनाको मृत्यु ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top