बलात्कारका आरोपी सिद्धबाबाद्धारा सुनसरी अदालतमा आत्मसमर्पण

२० फागुन, विराटनगर । आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले सुनसरी अदालतबाट नियन्त्रणमा लिएको छ ।

उनले मंगलबार सुनसरी अदालतबाट आत्मसमर्पण गरेपछि नियन्त्रणमा लिइएको सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिए । गिरी उच्च अदालत विराटनगरबाट पूर्पक्षका लागि थुनामा राख्न अन्तिम आदेश भएकै दिन माघ ९ गते बिहीबार भारत भागेका थिए ।

उनलाई सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको आरोप लागेको थियो । बलात्कारको किटानी जाहेरी परेपछि सिद्धबाबा मंसिर १६ गते पक्राउ परेका थिए ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई गत पुस १४ गते तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो तर जिल्लाको आदेशविरुद्ध दुवै पक्ष उच्च अदालतमा पुगेका थिए ।

उच्च अदालत विराटनगरमा मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले उनलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको थियो ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top